नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा चुनाव लडेकी रामेछापकि बिनिता खड्का पक्राउ

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा चुनाव लडेकी बिनिता खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)ले पक्राउ गरेको छ । खुला महिला तर्फबाट उम्मेदवार रहेकी खड्कालाई ब्यूरोको टोलीले राष्ट्रिय सभागृह नजिकैबाट शुक्रबार पक्राउ गरेको हो । वैदेशिक रोजगारीका लागी इजरायल पठाउने प्रलोभन देखाएर ठगेको घटनामा संलग्न रहेकाे खुलेपछि खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता (एसएसपी) अनुपम शमशेर जबराले बताए । […]

रामेछाप नगरपालिका प्रमुख न्यौपाने कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी

रामेछाप नगरपालिका प्रमुख एवं नेपाली कांग्रेस रामेछापका पूर्व सभापति लबश्री न्यौपाने नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । खुला १० जना महाधिवेशन प्रतिनिधिमा न्यौपाने ५ सय ३३ मत सहित विजयी हुनुभएको हो । उहाँले मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ। न्यौपानेले सामाजिक सञ्जालमार्फत धन्यवाद तथा आभार व्यक्त गर्दै […]

नेपाली कांग्रेस रामेछापको मतगणना बुधबार दिउँसो ३ः३० देखी सुरु हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा मंगलबार सम्पन्न निर्वाचनको मतगणना बुधबार(आज) दिउँसो ३ः३० देखी सुरु हुने भएको छ । सर्वपक्षिय छलफलपछि मतगणना सुरु गर्ने तयारी भैरहेको निर्वाचन समितिले जनाएको छ । मंगलबार भएको मतदानमा ९५ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरेका छन् । कुल १ हजार ७ सय ८४ क्षेत्रीय प्रतिनिधिमध्ये १ हजार ७ सय ३ जनाले […]

रामेछाप कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनमा रोचक प्रतिस्पर्धा, ३२ पदमा १०८ उम्मेदवार

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापमा महाधिवेशन प्रतिनिधि तथा प्रदेश अधिवेशन प्रतिनिधि चयनका लागि मंगलबार मतदान भइरहेको छ। जिल्ला निर्वाचन समितिका अनुसार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा १ हजार ८०८ जना प्रतिनिधिले मतदान गर्नेछन्। केन्द्रीय महाधिवेशन प्रतिनिधिका ३२ पदका लागि १०८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। दलित कोटाबाट मुक्तबहादुर महते निर्विरोध निर्वाचित भइसकेकाले जिल्लाबाट निर्वाचित […]

नेपाली कांग्रेस गोलन्जोर- २ को सभापतिमा हिमाल बहादुर मगर सर्वसम्मत

नेपाली कांग्रेसको सिन्धुली गोलन्जोर गाउँपालिका २ को सभापतिमा हिमाल बहादुर मगर सर्वसम्मत चयन हुनुभएको छ। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहँदै आएका मगर वडा सभापतिमा चयन भएका हुन । कुमारी माया थापा मगर र सुरेन्द्र हमाल उपसभापतिमा चयन भएका छन । यकेन्द्र थापा मगर सचिव,बलराम राना मगर कोषाध्यक्ष र सुरथ बहादुर बस्नेत सहसचिवमा चयन भएका […]

नेपाली कांग्रेस रामेछाप नगरपालिका–२ को सभापतिमा नवीन पुलामी मगर सर्वसम्मत

नेपाली कांग्रेस रामेछाप नगरपालिका–२ नं. वडा कार्यसमितिको सम्मेलनबाट नरबहादुर पुलामी (नवीन) मगर सभापतिमा सर्वसम्मत चयन भएका छन्। सम्मेलनबाट वडा कार्यसमितिको उपसभापतिमा मिरा पौडेल खत्री र बिनोद कुमार खड्का, सचिवमा ओमबहादुर खत्री तथा सह–सचिवमा गोकर्ण रोका चयन भएका छन्। यस्तै, सम्मेलनबाट अन्य सदस्यहरू समेत चयन गरिएको जनाइएको छ। नवनिर्वाचित सभापति पुलामी मगरसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई […]

उज्यालो नेपाल पार्टी संगठन विस्तारमा,रामेछाप भालुखोपमा प्रथम गाउँ भेला सम्पन्न

उज्यालो नेपाल पार्टीले रामेछाप नगरपालिकामा प्रथम गाउँ भेला सम्पन्न गरेको छ। रामेछाप नगरपालिका–७ भालुखोप डाँडामा आइतबार आयोजित भेलामा पार्टीका अध्यक्ष एवं पूर्वऊर्जा मन्त्री कुलमान घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। भेलामा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष अन्जन घिसिङ, केन्द्रीय सदस्य रामकृष्ण लामा, केन्द्रीय सदस्य खड्ग घिसिङ तथा बागमती प्रदेश सदस्य एवं संविधानसभा उम्मेदवार […]

दोरम्बामा २३औँ सहिद स्मृति दिवस तथा सहिद स्मृति पार्क उद्घाटन

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ डाँडाकटेरीमा २३औँ दोरम्बा सहिद स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा निर्माण सम्पन्न भएको दोरम्बा सहिद स्मृति पार्कको उद्घाटन गरिएको छ । डाँडाकटेरीस्थित सहिद स्मृति पार्कमा आइतबार आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं नेपाल सरकारका तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो । कार्यक्रममा पार्टीका […]

एमाले रामेछापको पार्टी कार्यालय भवनको उद्घाटन

नेकपा (एमाले) रामेछापको नवनिर्मित जिल्ला पार्टी कार्यालय ’मदन–आश्रित स्मृति भवन’ को उद्घाटन गरिएको छ । मन्थली नगरपालिका–१ आकाशे स्थित भवनको पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको हो । करिब एक करोड ५० लाख रुपैयाँमा भवन निर्माण भएको हो । अझै केही काम बाँकी रहेकाले निर्माण सम्पन्न हुँदासम्म कुल लागत करिब दुई करोड रुपैयाँ पुग्ने अनुमान […]

पार्टी कार्यालय उद्घाटनसँगै ’मिसन पार्टी जागरण’ अभियान सुरु गर्दै एमाले रामेछाप

नेकपा (एमाले) रामेछापले नवनिर्मित जिल्ला पार्टी कार्यालय ’मदन–आश्रित स्मृति भवन’ को उद्घाटन शुक्रवार गर्ने भएको छ। मन्थली नगरपालिका–१ आकाशे स्थित भवनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले साउन २२ गते शुक्रवार बिहान ११ बजे गर्ने कार्यक्रम तय भएको छ। एमाले रामेछाप जिल्ला कमिटी सचिवालयको दोस्रो बैठकले उक्त निर्णय गरेको हो। जिल्ला अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा बुधवार […]