फाल्गुन ७ मा नेबिसंघ रामेछापको अधिबेशन, मितिबारे केन्द्रलाई जानकारी

नेपाल बिद्यार्थी संघ रामेछापले आगामी फाल्गुन ७ गते जिल्ला अधिबेश गर्ने भएको छ । जिल्लाले फाल्गुण ७ गते जिल्ला अधिबेशन गर्ने तय गरि मितिका बारेमा केन्द्रलाई समेत नेबिसंघ रामेछापको टोलीले केन्द्रिय कार्यलयमा पुगेर पत्र बुझाएको छ । नेबिसङ रामेछापमा यतिबेला दुई वटा कमिटी रहेका छन । एउटा सुशील अधिकारी अध्यक्ष रहेको र अर्को बिनोद बुढाथोकी […]

जिल्ला अस्पताल रामेछापमा प्रसुति सेवा प्रभावकारी बन्दै(अन्तरवार्ता)

जिल्ला अस्पताल रामेछापमा एक वर्षअधिदेखि सुरु भएको प्रसुति सेवा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । अहिलेसम्मको अबस्थामा अस्पतालमा ३४ जनाले शल्यक्रिया मार्फत प्रसुति सेवा लिएका छन । जटिल प्रसुति अवस्थामा पुगेका ३४ जना महिलाको शल्यक्रिया गरिएको अस्पतालका विशेषज्ञ डाक्टर मनोज यादवले बताउनुभयो । उहाँका अनुसार अस्पतालमा शल्यक्रिया मार्फत सुत्केरी भएका सबै जनाकै स्वास्थ्य अवस्था सामान्य […]

रामेछापका प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित सांसदले पाए प्रमाणपत्र

मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले प्रतिनिधि सभा र प्रदेश सभाका नव निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माले प्रतिनिधि सभाका नव निर्वाचित सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम),प्रदेश सभा क का सांसद तारानारायण श्रेष्ठ र प्रदेश सभा ख का सांसद युवराज चौँलागाँईलाई प्रमाणपत्र बितरण गर्नुभयो । नव निर्वाचित सांसदले निर्वाचनका बेला […]

केन्द्रको गठबन्धन भत्किएपनि रामेछापमा निरन्तर रहन्छ : कान्छाराम

रामेछापका नव निर्वाचित प्रतिनिधि सभाका सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम)ले केन्द्रको गठबन्धन भत्किएपनि रामेछाप जिल्लामा भने निरन्तर रहने बताउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापले आयोजना गरेको नव निर्वाचित माननीयहरुलाई शुभकामना तथा मतदाताका लागी प्रतिबद्धता कार्यक्रममा सो कुरा बताउनुभएको हो । तामाङले गठबन्धन बाट निर्वाचित तीनै जना सांसदहरु जिल्लाको विकासका लागी समन्य र […]

रामेछापको तिनै सिट गठबन्धनको जित

रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उमेदवार विजयी हुनु भएको छ ।नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनु भएको हो । १ लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८० मत खसेको थियो । पूर्णबहादुर तामाङ ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको […]

रामेछाप प्रदेश सभा ख मा एमालेका मिलन अघि,पछ्याउँदै माओवादीका युवराज

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा ख को मतगणना जारी छ । प्रदेश सभा ख मा एमालेका उम्मेदवार मिलन कुमार घिसिङले अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौँलागाईले पछ्याइरहनुभएको छ । घिसिङले २८ सय १६ मत प्राप्त गर्दा चौँलागाईले २१ सय ४८ मत प्राप्त गर्नुभएको छ । घिसिङ ६ सय ६८ […]

रामेछाप प्रदेश ख मा युवराज ११ सय बढी मतले अघि,पछ्याउँदै मिलन

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा ख को मतगणना जारी छ । प्रदेश सभा ख मा नेकपा माओवादी केन्द्रका उम्मेदवार युवराज चौँलागाईले अग्रता लिइरहनुभएको छ । उहाँलाई एमालेका उम्मेदवार मिलन कुमार घिसिङले पछ्याइरहनुभएको छ । चौँलागाईले ११ सय ९१ मत प्राप्त गर्दा घिसिङले ९ सय ३ मत प्राप्त गर्नुभएको छ । चौँलागाई २ सय ८८ […]

रामेछापमा कान्छाराम ८ हजार बढी मतले अघि,पछ्याउँदै ढुंगेल

रामेछापमा प्रतिनिधि सभा तथा प्रदेश सभा ख को मतगणना जारी छ । हालसम्मको ताजा मत परिणाम अनुसार प्रतिनिधी सभा तर्फ नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ कान्छारामले अग्रता लिइरहनुभएको छ । प्रदेश क को मतगणना सम्पन्न भैसकेर प्रदेश ख को मतगणना भैरहँदा अहिलेसम्मको अवस्थामा कान्छारामले २३ हजार ४ सय ४८ मत प्राप्त गर्नुभएको छ । एमालेका […]

रामेछापको प्रदेश क मा माओवादीका तारानारायण श्रेष्ठ विजयी

रामेछापको प्रदेश सभा क को मत गणना सम्पन्न भएको छ । प्रदेश सभा क मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार शान्ति प्रसाद पौडेल श्रेष्ठसँग पराजित हुनुभएको छ । श्रेष्ठले १७ हजार १ सय ४८ मत प्राप्त गर्दा पौडेलले १५ हजार १ सय ५७ मत प्राप्त गर्नुभयो । […]

रामेछापमा मतगणना निकै सुस्त,अन्तिम परिणाम आउन दुई हप्ता लाग्ने अनुमान

रामेछापमा मतगणना निकै सुस्त गतिमा भैरहेको छ । यहि गतिमा मत गणना भए मतपरिणाम सार्वजनिक हुन अझै दुई हप्ता मतदाताले कुर्नुपर्ने देखिएको छ । सोमवार साँझ सर्वदलिय बैठक राखेर राती १० वजेवाट शुरु भएको मतगणना ३ वटा पालिकाको मात्रै सम्पन्न भएको छ । जिल्लाका अझै ५ वटा पालिकाको मत गणना हुन बाँकी रहेको छ । […]