रामेछापमा सत्ता गठबन्धनका उम्मेदवारले उम्मेद्वारी दर्ता गराए

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको लागि नेपाली काँग्रेसका पुर्ण बहादुर तामाङ (कान्छाराम) र दुई प्रदेश सभामा नेकपा माओवादी केन्द्रबाट तारानारायण श्रेष्ठ र युवराज चौलगाईंले उम्मेद्वारी दर्ता गराउनुभएको छ । बाजागाजा सहित उम्मेदवारी दर्ताका लागि काँग्रेसका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । […]

रामेछापमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारद्धारा उम्मेदवारी दर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा रामेछापमा नेकपा एकीकृत समाजवादीले पनि मनोनयन दर्ता गराएको छ । समाजवादीले रामेछापबाट प्रतिनिधिसभा सदस्य तर्फ देवशंकर पौडेल, प्रदेशसभा सदस्य क मा रमेशकुमार बस्नेत र प्रदेश ख मा झम्क कंडेलले मनोनयन दर्ता गराउनुभएको हो ।

रामेछापमा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराए

रामेछापमा नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरुले आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । निकै तामझामका साथ उम्मेदवारी दर्ताका लागि एमालेका नेता कार्यकर्तासहित उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । प्रतिनिधिसभा सदस्यका लागि कैलाश प्रसाद ढुङ्गेल, प्रदेशसभा सदस्य क मा शान्ति प्रसाद पौडेल र प्रदेश ख मा […]

रामेछापको गुन्डुखोलामा बस दुर्घटना, १३ जना घाइते

रामेछापको खाँडादेवीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ४०४८ नम्बरको यात्रुवाहक बस आइतबार खाँडादेवी ३ भीरपानीको सित्खा नजिकै गुन्डुखोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ । दुर्घटनामा १३ जना यात्रु घाइते भएका छन् । घाइतेहुनेहरुमा खाँडादेवी ७ पात्लेका अन्दाजी ३४ वर्षका युबराज तामाङ,वर्ष २९ का अजय तामाङ, वर्ष २७ का सुस्मिता तामाङ,वर्ष २३ का रस्मि तामाङ,बर्ष […]

यात्रुसँग बढी भाडा लिने दुई माईक्रोबसले बढी लिएको भाडा फिर्ता गरे

तोकिएको भन्दा धेरै भाडा असुलेर यात्रु ओसार्ने २ वटा सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालय रामेछापले बढी लिएको भाडा रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएको छ । दुई कार्यालयको समन्वयमा यातायात साधनहरुलाई शुक्रबार मन्थली आसपास चेकजांच गर्ने क्रममा मालुखोलाबाट काठमाण्डौं जान थालेका दुई माईक्रोबसलाई कारवाहि स्वरुप जरिवाना समेत गरीएको छ । जिल्ला प्रहरी कार्यालयका […]

रामेछापमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठवन्धनको उम्मेदवारहरुको अझै टुंगो लागेन

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रामेछापबाट गठवन्धनको उम्मेदवारहरुको अझै टुंगो लाग्न सकेको छैन । गठवन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) को करिव टुंगो लागेको छ भने प्रदेश सभाका लागि उम्मेदवारको टुंगो लागिसकेको छैन । प्रदेश क मा काँग्रेस माओवादी केन्द्र र […]

एमाले रामेछापले टुंगो लगायो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार

नेकपा एमालले रामेछापबाट मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । एमालले प्रतिनिधिसभा सदस्य पदका लागि कैलाश प्रसाद ढुंगेललाई उम्मेदवार वनाउने भएको छ । यसैगरी प्रदेश सभा क मा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा बाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेल र प्रदेशसभा ख मा मिलन घिसिङलाई उम्मेदवार […]

“रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जित्यो

बडादशैँको अवसरमा जागरुक युवा क्लब सुकाजोरले आयोजना गरेको “रामेछाप गोल्ड कप” फुटबल प्रतियोगिताको उपाधि टिम हिलेपानीले जितेको छ । आयोजक जागरुक युवा क्लब र टिम हिलेपानीबिच भएको फाइनल खेलमा टिम हिलेपानीले ३ गोल गर्न सफल भएको छ भने जागरुक युवा क्लबले एक गोल मात्रै गर्न सक्यो । प्रतियोगितामा प्रथम हुँदै टिम हिलेपानीले नगद ५० हजारको […]

रामेछापमा पिङ हाल्ने र खेल्ने परम्परा लोप हुँदै

केही वर्ष अघिसम्म रामेछापका विभिन्न गाउँबस्तीमा दसैँको अवसरमा जताततै लिङ्गे पिङ हालिन्थ्यो । जाते पिङ, रोटेपिङ र लिङ्गे पिङ मुख्य आकर्षणको रुपमा हुन्थे । हिजोआज भने पिङ खेलेर दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ । जिल्लाका विभिन्न बजार तथा गाउँ बस्तीमा दसैं तिहारका बेला लिङ्गे पिङ र चङ्गा उडेको देख्न पाइन्थ्यो । गाउँगाउँमा लिङ्गे […]

आजदेखि लुक्लामा मन्थली विमानस्थलबाट नियमित उडान शुरु

काठमाडौंबाट भइरहेको सोलुखुम्बुको लुक्लामा हुने नियमित उडान रामेछापको मन्थलीमा सारिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (१ अक्टोवर)बाट लागू हुने गरी वायुसेवा कम्पनीले काठमाडौंबाट एक÷एक उडान मात्र लुक्लाका लागि गर्न पाउने र अन्य उडान रामेछापको मन्थलीस्थित विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको थियो । सोही अनुसार शनिबार समिट एयरले लुक्लाका लागि रामेछापबाट पहिलो उडान गरेको छ […]