लिखुमा निर्माणाधिन हाइड्रोपावरबाट पीडित जनतालाई लिएर आन्दोलन गर्छु- कान्छाराम

रामेछापमा नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ (कान्छाराम) ले लिखुकरिडोरमा निर्माणाधिन हाइड्रोपावरबाट पीडित रहेका स्थानीयको समस्या समधान गर्न पीडित जनतालाई लिएर आन्दोलन गर्ने बताएका छन् । शनिबार मतदाता भेटघाट अभियानमा उमाकुण्डको वडा नं १ गुम्देल पुगेका कान्छाराम सहितको टोली समक्ष‌ स्थानीयले बर्षौ देखि हाइड्रोपावरबाट आफुहरु पीडित भएको गुनासो राखेपछि स्थानीयको माग […]

रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय सभा कुबुकास्थली र बाम्तीमा सम्पन्न

रामेछापका सत्ता गठबन्धन दलको संयुक्त वडा स्तरीय सभाको चौथो दिन बिहिबार उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थली र वडा नं २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छाराम र नेकपा माओबादी केन्द्रबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठ सहितको टोली मंसिर ४ गते हुने […]

गुनासाे गर्नु नपर्ने गरि काम गर्छु : युवराज चाैलागाइ

रामेछाप प्रदेश ख बाट सत्ता गठबन्धन दलहरुकाे साझा उम्मेदवार युवराज चाैलागाइले नागरिकले फेरि गुनासाे गर्नु नपर्ने गरि काम गरेर देखाउने बताएका छन् । अागामी मंसिर ४ गते हुने निर्वाचनमा रामेछाप प्रदेश सभा ख काे तर्फबाट उम्मेदवार रहेका युवराज चाैलागाइले प्रदेश सभा सदस्य भएर गर्नुपर्ने सबै काममा कुनै कमि हुन नदिने भन्दै उनले नागरिकलाई गुनासाे गर्ने […]

घुस सहित रंगेहात पक्राउ परेका इन्जिनियर सत्यालबाट थप साढे ९ लाख बरामद

रामेछापको सदरमुकाम मन्थलीमा रहेको खानेपानी कार्यालयबाट २८ लाख रुपैयाँ घुस सहित पक्राउ परेका इञ्जिनियर र प्लम्बरको साथबाट थप साढे ९ लाख रुपैयाँ बरामद भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस सहित पक्राउ परेका दुवैजनाको खानतलासी लिने क्रममा थप साढे ९ लाख रुपैयाँ फेला पारेको हो । ‘उहाँहरुको खानतलासी चलिरहेको रहेछ, त्यसक्रममा थप साढे […]

खानेपानी कार्यालय रामेछापका इन्जिनियर र पलम्बर २८ लाख रुपैयाँ घुससहित पक्राउ

रामेछापको सदरमुकाम मन्थलीमा रहेको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र पलम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । सत्याल र थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित आज बुधवार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा […]

सांसदले पाउने भत्ता बिपन्न परिवारको लागि खर्च गर्छु- कान्छाराम

रामेछाप नेपाली काँग्रेसबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले आफू सांसद भएपछि पाउने तलब भत्ता कमजोर आर्थिक अबस्था भई अफ्टेरोमा परेका परिवारलाई सहयोग गर्ने उदघोष गरेका छन् । लिखुतामाकोशी गाउँपालिका वडा नं ४ बिजुलीकोटमा मंगलबार आयोजित वडा सभामा आफ्नो भनाई राख्ने क्रममा उनले मंसिर ४ को निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि […]

रामेछापमा सत्ता गठबन्धनको वडा तहको चुनावी सभा सुरु

रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय चुनावी सभा सुरु भएको छ । लिखुतामाकोशी गाउँपालिकाको वडा नं ५ नगदहबाट सोमबार देखि अभियान सुरु भएको हो । जिल्लाका ६४ ओटै वडा सम्म पुग्ने गरी अभियान सुरु गरिएको निर्वाचन परिचालन समितिले बताएको छ । चुनावी सभालाई संबोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका पुर्ण बहादुर तामाङ कान्छारामले […]

२०८१ चैत्र मसान्तसम्म रामेछाप नगरपालिका बालमैत्री नगरपालिका घोषणा हुने

रामेछापको रामेछाप नगरपालिका २०८१ चैत्र मसान्तसम्ममा बालमैत्री नगरपालिका घोषणा हुने भएको छ । यसका लागी नगरपालिकाले बालमैत्री स्थानिय शासन नीतिगत प्रकृयागत कार्यान्वयनका लागी अबलम्बन तथा घोषणा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिरहेको छ । नगरपालिकाले नगरस्तरीय कार्यक्रम सकेर अहिले वडास्तरीय कार्यक्रम संचालन गरिरहेको हो । ९ वटै वडाहरुमा अभिमुखीकरण कार्यक्रम संचालन हुने छ । आईतबार(आज) वडा नं […]

रामेछापमा न्यायिक समितिमा परेका उजुरी समाधानमा एकरुपता ल्याउने सहमती

रामेछापको रामेछाप नगरपालिकाले जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रम गरेको छ । रामेछाप नगरपालिकाले जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिका संयोजक तथा सदस्यहरुलाई आमन्त्रण गरेर न्याय सम्पादन गर्दा सबै स्थानिय तहमा एकरुपता कायम गर्ने निर्णय गरेको हो । स्थानिय तहहरुले विवाद समाधान गर्दा एउटै पद्धतिमा गर्ने साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन । […]

रामेछापका न्यायिक समितिलाई जिल्ला न्यायधिस ईन्दिरा शर्माको सुझाव

रामेछाप जिल्लाका ८ वटै स्थानिय तहका न्यायिक समितिलाई जिल्ला अदालत रामेछापका न्यायधिस ईन्दिरा शर्माले सुझाव दिनुभएको छ । विवादको उजुरी न्यायिक समितिमा आएर दर्ताको प्रक्रियादेखी विवाद समाधान गर्दासम्मको अभिलेख लगायतका कुराहरुमा विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । रामेछापको रामेछाप नगरपालिकाले जिल्ला अदालतसँग अन्तरपालिका न्यायिक समिति समन्वय कार्यक्रमा उहाँले सो आग्रह गर्नुभएको हो । बाँकी […]