रामेछापको नामाडि पासावारमा आगलागीमा परी एक घर जलेर नष्ट

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडिको पासावारमा मंगलबार दिउसो आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागिबाट स्थानीय सिताराम तामाङको घर जलेर नष्ट भएको वडा सदस्य कटक बहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार घरमा कोहि नभएको बेला उक्त आगलागि भएको हो । तामाङका परिवारका ६ जना उक्त घरमा वसोवास गर्दै आएका […]

उम्मेदवारका नजिकका नातेदार चुनावमा खट्न नपाउने

निर्वाचन आयोगले सरकारी कर्मचारी वा शिक्षकका संघसंस्थामा आवद्ध पदाधिकारीहरूलाई मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नखटाउने भएको छ । आयोगले चुनावका लागि सुरक्षाकर्मीबाहेक दुई लाख ४६ हजार जनशक्ति परिचालन गर्दैछ। तर उम्मेदवारका नजिकका नातेदार सरकारी कर्मचारी वा शिक्षक छन् भने उनीहरूलाई समेत निर्वाचन क्षेत्रमा खट्न नदिने आयोगले जनाएको छ । यस्तै जनशक्ति […]

राजनीतिक दलले निर्वाचनमा अधिकतम ५ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने

निर्वाचन आयोगले राजनीतिक दलले आसन्न निर्वाचनमा अधिकतम ५ करोड ५० लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा निर्धारण गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको सङ्ख्याका आधारमा आयोगले दलहरूको खर्च सीमा तोकेको हो । आयोगका अनुसार प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार एक जनाको २ लाख र प्रदेशसभा समानुपातिक उम्मेदवार एक जनाको एक लाख […]

रामेछापका नागरिक उम्मेदवारको धारणा र योजनाबारे सोधिखोजी गर्दै

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार यतिबेला घरदैलोमा व्यस्त छन् । आफूलाई मत दिन आग्रह गर्दै घरदैलोमा पुगेका उम्मेदवारसँग रामेछापका मतदाताले भने विकास, स्थायित्व, रोजगारी लगायत विषयबारे उम्मेदवारको धारणा र योजनाबारे खोजी गरिरहेका छन् । सबै काम गरिदिने भन्दै निर्वाचनका बेला ठिक्क पार्ने गरेपनि निर्वाचनपछि नाकमुख नदेखाउने नेताको […]

रामेछापमा बलियो बन्दै लोकतान्त्रिक वाम गठबन्धन

निर्वाचनको महायज्ञमा होमिएका रामेछापका लोकतान्कि वाम गठबन्धन दलका उम्मेदवारहरु अझ बलियो बन्दै गएका छन् । टिकटका आकांक्षि धेरै भएका कारण उम्मेदवारी मनोनयन गरे लगत्तै ति दलहरुमा केहि समस्या देखिएको भएपनि अहिले सवै मिलेको गठबन्धन दलका नेताहरुले बताएका छन् । आन्तरिक समस्याका कारण केहि असन्तुष्टिहरु गठबन्धनमा देखिएको भएता पनि तिहार सकिएसंगै अहिले गठबन्धनका दुइ ठुला दलहरु […]

मलाई रामेछापका जनताको मायाले गाउँमै राख्यो- कान्छाराम

नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभाको उम्मेद्वार पुर्ण बहादुर तामाङ कान्छारामले आफूलाई रामेछापका आम नागरिकको मायाले गाउँमै राखेको बताएका छन् । आइतबार रामेछापको ओख्रेनीमा मतदाता भेटघाट तथा वडा स्तरीय सभामा आफ्नो भनाई राख्ने क्रममा विकासबाट बंचितमा परेका रामेछाप‌वासीको‌ मायाले जिल्लामै राखेको बताएका हुन् । आफुलाई विकासबाट बंचितमा परेका नागरिकको मायाले गाउँमै राखेको तर्क राख्दै मंसिर ४ […]

यसअघिका बाचा पूरा नहुँदा चुनावलाई लिएर रामेछापका मतादातामा उत्साह छैन

मङ्सिर ४ गतेका लागि तोकिएको प्रदेश र प्रतिनिधि सभा चुनावलाई लिएर रामेछापका मतदाता उत्साहित देखिएका छैनन् । अहिले विभिन्न टोल बस्तीमा होस् वा चोक चौतारीमा नागरिकको छलफल र चर्चाको विषय चुनाव बनेको छ । यतिबेला उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा पुग्न थालिसकेका छन् । तर उनीहरुसँग ठोस् योजना छैन । अर्को तर्फ मतदाता पनि चुनावलाई लिएर […]

पछिल्लो केही वर्षयता देउसी, भैलोमा मादलको कम प्रयोग हुँदै

केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो । नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा रहेका […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको […]

बेलुकी ८ बजे सम्म मात्र देउसी भैलो खेल्न रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले वेलुकी ८ बजे सम्म मात्र देउसी र भैलो खेल्न नागरीकहरुलाई आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहान ६ बजेदेखि राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरेको हो । दिपावली र छठ पर्वको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरूलाई मध्यनजर […]