रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थागित

रामेछापमा मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको छ । आगामी मंसिर ४ गते प्रदेश र प्रतिनि सभाको निर्वाचनको मिति घोषण भइसकेकाले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य रोकिएको निर्वाचन कार्यालय रामेछापले जानकारी दिएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदपा (२) को खण्ड (२) अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो […]

भर्खरै घोगा लाग्दै गरेको मकै ढल्दा रामेछाप पालेवनका किसान चिन्तित

निरन्तर केहि दिन परेको पानीले मकै बालीमा क्षती पुर्याउँदा रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ पालेवनका किसान चिन्तित बनेका छन । भर्खरै घोगा लाग्दै गरेको मकैको बोट ढल्दा यहाँका किसान चिन्तित बनेका हुन । केहि दिन अघि परेको फेरीले मकैको बोट सबै ढलेको कृषक विष्णु महताराले बताउनुभयो ।“यस वर्ष मकैको घोगा पनि राम्रो लोगेको […]

अब रामेछाप बजारमा कुखुरा छाडा छोडेर पाल्न नपाइने,यदि छाडा छोडेमा कारबाही हुने

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नं ८ रामेछाप बजारमा स्थानियले कुखुरा छाडा छोडेर पाल्दा दुर्घटनाको जोखिम बढेको भन्दै वडा कार्यालयले सुचना जारी गरेको छ । वडा कार्यालयले जारी गरेको सुचनामा स्थानियले पाल्दै आएको घरपालुवा जनावर,पशुपंक्षी लगायत घर निर्माणका लागी सडक छेउछाउमा राखिएका निर्माण सामग्रीहरु एक हप्ता भित्र हटाउन भनिएको छ । […]

ओखलढुंगाको नवलपुरमा रामेछाप बस्दै आएका चौधरी मृत फेला

ओखलढुंगाको चम्पादेवी नवलपुरमा मकवानपुर घर भएका तर रामेछापमा बस्दै आएका एक पुरुष मृत फेला परेका छन् । मंगलबार साँझ ओखलढुंगाको चम्पादेवी गाउँपालिका २ नवलपुरस्थित सुनकोशी नदिको किनारमा मकवानपुरका घर भइ हाल रामेछाप बस्दै आएका ३१ बर्षीय गोपाल चौधरी मृत फेला परेका हुन् । नदि किनारमा शव फेला परेको जानकारी पाउनासाथ प्रहरी चौकी पलापुबाट प्रहरी टोली […]

वर्षाका कारण रामेछापका ग्रामीण सडक लथालिङ्ग

निरन्तर परेको पानीले रामेछापका ग्रामीण क्षेत्रका सडकमा क्षति पु¥याएको छ । कच्ची सडक बिग्रिएपछि सदरमुकाम मन्थलीबाट विभिन्न गाउँ आवतजावतमा समस्या भएको यातायात व्यवसायी र स्थानीयवासीहरू बताउँछन् । जिल्लाको ग्रामीण भेगका प्राय सबैजसो सडक कच्ची छन् । हिउँदको समयमा सजिलैसँग सवारीसाधन आवतजावत गर्न सकिने भएपनि बर्खाको समयमा हिलो र पहिरोको समस्या हुने गर्छ । जोखिमपूर्ण सडकका […]

अदालतबाट दोषी ठहर भएका रामेछापका फरार ३ जना पक्राउ

विभिन्न मुद्दामा अदालतबाट कैद र जरिवाना फैसला सुनाइएका फरार दोषी तीन जनालाई पक्राउ गरी रामेछाप अदालतमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजुप्रसाद ढकालका अनुसार भक्तपुर जिल्ला अदालतबाट चोरी मुद्दामा १ वर्ष ९ दिन कैद र ६ लाख ९६ हजार ३२७ रुपैयाँ जरिवानाको फैसला सुनाइएका खाँडादेवी १ राकाथुमका तीर्थकुमार श्रेष्ठलाई मंगलबार काठमाडौंमा […]

सुनापती गाउँपालिकाका गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

रामेछापको सुनापती गाउँपालिकाले पालिका भित्रका विभिन्न विद्यालयमा अध्यन गर्ने गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । हिजो पालिकाले एक कार्यक्रमको आयोजना गरि पालिका भित्रका १५ वटा विद्यालयका ७५ जना गरिब,विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको सुनापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठले जानकारी दिनुभयो । पालिकाले प्रमुख प्रशासकिय अधिकृतसँग जेहेन्दार छात्रवृत्ति कार्यक्रम […]

एसईईमा उत्कृष्ट नजिता ल्याउने डहु माविका दुइ विद्यार्थीलाई सुनापती गाउँपालिकाद्धारा सम्मान

रामेछापको सुनापती गाउँपालिकाले एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सम्मान गरेको छ । गाउँपालिकाले हिजो एक कार्यक्रमको आयोजना गरी डहु माविबाट एसईई परीक्षामा ४ जिपीए ल्याउने दुई विद्यार्थीलाई सम्मान गरेको हो । एसईई परीक्षा २०७८ मा नेपाल भरिकै उत्कृष्ट ४२ मध्ये दुई विद्यार्थीहरु राजन तामाङ र प्रतीक थिङले उत्कृष्ट नतिजा ४ जिपीए प्राप्त गरेका […]

रामेछापमा धेरै समय पछि कोरोना संक्रमण देखियो

रामेछापमा धेरै समय पछि आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको लिखुतामाकोशी गाउँपालिकाका दश जनामा गरिएको एन्टिजेन परीक्षणमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । केहि महिना सुन्य रहेको कोरोना संक्रमण देशभर केहि दिनयता बढ्दै गएको छ । देशभर कोरोना संक्रमण बढिरहँदा […]

रामेछापमा साउने झरी, देशका विभिन्न क्षेत्रमा मौसम बदली

आईतबार बिहानैदेखी रामेछाप सहित देशको विभिन्न ठाउँमा पानी परिरहेको छ । आज पनि देशका विभिन्न क्षेत्रमा मौसम बदली भई पानी गरिरेहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास तथा पूर्वतिर सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । आज बिहानैदेखि देशका […]