रामेछापमा २ युवाहरुमाथि कुटपिट,दुबैको अवस्था गम्भिर

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्क भन्ने ठाउँमा २ युवाहरुमाथि कुटपिट भएको छ । मतदान गरेर मोटरसाईकलमा घर फर्किदै गरेका वर्ष २१ का गोविन्द सुवेदी र वर्ष ४१ का देविलाल सुवेदीमाथि कुटपिट भएको हो । सल्ले गाउँका ४ जना युवाहरुको समुहले उनिहरुमाथि कुटपिट गरेको वडा नं ८ का निवर्तमान वडाअध्यक्ष केदार कार्कीले जानकारी दिनुभयो […]

प्रतिनिधि सभाका उम्मेदवार मोहन कार्किले ठोसेवाट गरे मतदान

रामेछाप जिल्लावाट प्रतिनिधि सभाको उम्मेदवार रहेका मोहन कार्किले ठोसेवाट मतदान गरेका छन् । कार्किको  चुनाव चिन्ह   हशिया तारा रहेकोे छ । उनको घर साविकको ठोसे गा. बि. स. वाडन ८ डाडा गाउँ हो । रामेछापमा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र ५ जना सहित २२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभा क मा ११ जना र […]

रामेछापमा एक सय एक बर्षका वृद्ध नर बहादुरले गरे मतदान

आज बिहान सात बजेदेखि भइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा रामेछापका एक सय एक वर्षका वृद्ध नर बहादुर कार्कीले मतदान गर्नुभएको छ । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर स्थिति हिलेपानी मतदान स्थलमा कार्कीले मतदान गर्नुभएको हो । २००७ साल देखि पटक पटक आफुले मतदान गर्दै आएको उहाँले बताउनुभयो । यो पटक पनि भोट […]

ट्याङ्करले ठक्कर दिंदा रामेछापको सुनापातीका बालकको मृत्यु

भक्तपुरमा ट्याङ्करको ठक्करबाट रामेछापका एक जना बालकको मृत्यु भएको छ । रामेछापको सुनापाती गाउँपालिका–४ घर भई भक्तपुरको ब्यासी बस्ने ७ वर्षीय बिवेश तामाङको मृत्यु भएको हो । झौखेलबाट ब्यासीतर्फ आउँदै गरेको ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल नजिक आज बिहान १० बजे बा ५ ख ९१४२ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो । ट्याङ्करको ठक्करबाट सख्त […]

रामेछापमा निर्वाचनका लागि उच्च सुुरक्षा सतर्कता

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा रामेछापमा उच्च सुरक्षा सतर्कता अपनाएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो । उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धादलीरहित बनाउनका लागि सबै पक्षको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । जिल्लामा संवेदनशील मतदान स्थलको वर्गिकरण, सोही अनुसारको सुरक्षा योजना बनाएको, निर्वाचनमा म्यादी प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र […]

रामेछापमा मतदानस्थलमा खटिए कर्मचारी

मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा सदस्य निर्वाचनको लागि मतदान गराउन खटिएका मतदान अधिकृत र अन्य कर्मचारीहरु आवश्यक सामाग्री लिएर मतदान स्थलत पुगेका छन । मुख्य निर्वाचन कार्यालय रामेछापले निर्वाचन सम्पन्न गराउनको लागि रामेछापका १ हजार ८ सय १७ जना कर्मचारीहरु खटाएको छ । मतदान स्थल र मतदान केन्द्रमा खटिएका कर्मचारीहरुले […]

मौन अवधिमा पनि रामेछापका उम्मेद्वारले सामाजिक संजालबाट भोट माग्न थाले

निर्वाचन आयोगले निर्धारण गरेको मौन अवधिमा पनि विपि काँग्रेसका उम्मेद्वारले भोट मागेका छन् । रामेछापबाट प्रतिनिधि सभा सदस्यको उम्मेद्वार रहेका विपि काँग्रेसका केदार बिक्रम खड्का र रामेछाप प्रदेश सभा (क)‌ को उम्मेद्वार जमुना काकीले करुवा चिन्हमा‌ मत मागेका छन् । गए राती‌ १२ बजे देखि सामाजिक संजाल लगायतका माध्यम र अन्य माध्यमबाट मत‌ माग्न पाइने […]

मौन अवधिमा गाउँपालिका अध्यक्षले कर्मचारी र मतदातालाई प्रलोभन देखाएर सुर्यमा भोट मागे

निर्वाचनको मौन अवधि (स्थिर समय) मा खाँडादेवी गाउँपालिकाका अध्यक्षले गाउँपालिको पेजबाट भिडियो सन्देश मार्फत सुर्य चिन्ह देखाउँदै भोट मागेका छन् । निर्वाचन आयोगले गएराती १२ बजे देखि मौन अवधि सुरु हुने बताएको भएपनि खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञन कुमार श्रेष्ठले शुक्रबार बिहान सुर्य उदाउदै छ भन्दै एमालेलाई भोट माग्ने आसयको भिडियो सन्देश पोष्ट गरेका छन् । […]

रामेछापमा पनि रासायनिक मलको अभाव

देशभरि जस्तै रामेछामपा पनि रासायनिक मलको अभाव भएको छ । मलको अभावका कारण किसानहरू बर्सेनि समस्या भोगिरहेका छन् भने उत्पादन पनि घटिरहेको छ । मलकै अभावमा किसानको मेहनत पनि खेर गइरहेको छ ।भर्खरै धान भित्¥याएका किसानहरू हिउदे बाली लगाउने तयारी गरिरहेका छन् । हिउदे बालीका लागि पनि किसानहरूलाई मलको अभाव भएको लिखुतामाकोशी गाउँपालिकाका गोविन्द महतले […]

भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था मिलाइएको रामेछाप प्रशासनको दाबी

प्रदेश, प्रतिनिधि सभाको निर्वाचनमा मतदान गर्ने दिन नजिकिँदै गर्दा सुरक्षा चुनौती पनि रहेको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसहित अघिल्ला निर्वाचनहरूमा झडप भएका क्षेत्रका मतदाता त्रासमा छन् । रामेछाप प्रशासनले भने शान्तिपूर्ण तवरले मतदान सम्पन्न हुने भएकाले ढुक्कका साथ निर्वाचनमा सहभागि हुन आग्रह गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जिल्लामा […]