प्रहरी र कोरोना संक्रमितलाई स्वास्थ्य सामाग्री वितरण

राष्ट्रिय दलित पत्रकार संघ नेपाल, जिल्ला कार्यसमिति रामेछापले प्रहरी र जिल्ला अन्तर्गतको आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।समितिले आज जिल्ला प्रहरी कार्याल रामेछापका प्रहरी नायव उपरीक्षक डिएसपी वसन्त पाठकको कार्यकक्षमै पुगेर त्यहाँ कार्यरत केही प्रहरी कर्मचारीलाई ४० थान एन–९५ मास्क वितरण हो । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख रामेश्वर […]

रामेछाप र मन्थली नगरपालिकालाई गुनासो तथा सुझाब संकलन पेटिका हस्तान्तरण

जिल्ला प्रहरी कार्यालय रामेछापले जिल्लाका प्रहरीहरुले गरेका कामप्रतिको गुनासो तथा सुझाब संकलन गर्ने पेटिका रामेछाप र मन्थली नगरपालिकालाई हस्तान्तरण गरेको छ । प्रहरी कर्मचारीहरु सँग सम्बन्धीत गुनासो तथा सुझाब संकलन गर्न गुनासो तथा सुझाब संकलन गर्ने पेटिका हस्तान्तरण गरिएको रामेछाप प्रहरीका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । उक्त पेटिका रोमछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा […]

नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा १२ सय ४६ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । यससँगै कुल सङ्क्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३ सय ८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण […]

लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा

कोरोना भाईरस कोभिड १९ का कारण ६ महिनादेखि बन्द रहेका लामो दुरीका सवारी साधन आजबाट सञ्चालनमा आएका छन् । नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर ट्रेड युनियनले संयुक्त रुपमाहिजो विज्ञप्ति जारी गर्दै लामो, छोटो दुरीका सबै गाडी सञ्चालनमा आउने जनाएका हुन् । आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका […]

आज नेपालमा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित

पछिल्लो २४ घन्टामा नेपालमा थप १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित हो । मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा […]

मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भइसकेका व्यक्तिहरूको कोरोना परीक्षण नगर्न निर्देशन दिएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले शंकास्पद व्यक्तिको मृत्युपछि कोरोना परीक्षण नगर्न नगराउन भनेको हो । तर शव व्यवस्थापन गर्दा सबै सावधानी अपनाउनुपर्ने र सम्पर्कमा आएकाहरू १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शवबाट नमुना निकाली कोभिड–१९ […]

घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले घरघरमा दिप प्रज्वलन गरि संविधान दिवस मनाउन आग्रह गरेको छ । रामेछाप प्रशासनले बुधबार एक सूचना जारी गरि नेपालको संविधान २०७२ जारी भएको दिनको उपलक्ष्यमा असोज २, ३ र ४ गते तिनदिनसम्म विविध कार्यक्रम गरेर दिवस मनाउन आग्रह गरेको हो । हरेक वर्ष विभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइदै आएकोमा यसवर्ष […]

भोलिदेखि रामेछाप सहित देशभर लामो दूरीका यातायात चल्ने

सरकारले असोज १ गते अर्थात भोलिदेखि लामो दुरीका यातायात चल्ने दिने भएको छ । असोज १ गतेबाटै आन्तरिक हवाई उडान, लामो दूरीका यातायात र होटल रेष्टुरेन्टहरु खुलाउने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरिएको सरकारका नवनियुक्त प्रवक्ता […]

रामेछापमा विहानै भूकम्पको धक्का,नागरीकहरु त्रसित

रामेछापमा बुधबार ( आज ) विहानै भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ६ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसको केन्द्र सिन्धुपाल्चोकको राम्चे आसपास रहेको केन्द्रले जनाएको छ । लामो समयपछि विहान ५ः १९ मा गएको भूकम्पको ठूलो धक्का महसुस भएको थियो । भूकम्पको धक्का महसुस भएसँगै नागरीकहरु […]

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढ्यो

राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको मुआब्जाको काम अगाडि बढेको छ। सिन्धुली र रामेछापको सिमानामा मुख्य संरचना रहने यस आयोजनाले मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। जिल्ला प्रशासन कार्यालय रामेछापले कूल ३ सय ९२ घरपरिवारलाई मुआब्जा वितरणका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो ।  रामेछापको साबिक भालुवाजोर, खाँडादेवी, पकरबास, भिरेपानीलगायत स्थानमा बसोबास गर्दै आएका […]