रामेछापमा कोरोना संक्रमितको संख्या २२५ पुग्यो,अझै २१७ जनाको रिपोर्ट आउन बाँकी

रामेछापमा कोरोना संक्रमितको संख्या २२५ पुग्यो,अझै २१७ जनाको रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा कोरोना संक्रमितको संख्या २ सय २५ पुगेको छ । जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ११ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय १४ जनागरी हालसम्म २ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।

रामेछाप जिल्लामा आजसम्म १९ सय ८१ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १६ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै २ सय १७ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको रिपोर्ट केहि दिनमा आउने छ । जिल्लामा विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ४४ जनाको उपचार भईरहेको छ ।

 जिल्लामा ३४ जना क्वारेन्टिनमा

जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ३४ जना क्वारेन्टिनमा रहेका छन । ३ जना महिला र ३१ जना पुरुष गरी ३४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । गोकुलगंगा गाउँपालिकामा २६ जना र लिखु तामाकोशी गाउँपालिकामा ८ जना गरी जिल्लाभर ३५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप , मन्थली , दोरम्बा , खाँडादेवी, उमाकुण्ड र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार