नेपालमा थप ३ हजार ५ सय ५६ मा कोरोना भाइरसको सङ्क्रमण

नेपालमा थप ३ हजार ५ सय ५६ मा कोरोना भाइरसको सङ्क्रमण

नेपालमा थप ३ हजार ५ सय ५६ जनामा नोबेल कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा यो संख्यामा सङ्क्रमित थपिएका हुन् । योसँगै नेपालमा जम्मा सङ्क्रमितको संख्या एक लाख १५ हजार ३ सय ५८ पुगेको छ ।मन्त्रालयले पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोनामुक्त भएको जानकारी दिँदै हालसम्म ७८ हजार ७ सय ८० सङ्क्रमित डिस्चार्ज भएको बताएको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारणले मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको हालसम्मको संख्या ६ सय ६३ पुगेको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार १सय२९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँ जिल्लामा १ हजार ७ सय ४६, ललितपुरमा २ सय १६ र भक्तपुरमा १सय६७जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैबीच सरकारले कोरोना सङ्क्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार उक्त टेस्टको शुल्क अधिकतम एक हजार हुने र त्यसका लागि सरकारबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । सरकारले यो शुल्क परिमार्जन हुँदै जानेसमेत बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार