रामेछापका एक्कै पटक थप २२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछापका एक्कै पटक थप २२ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लामा एक्कै पटक थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ जना महिला र ११ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेहरुमा सबैभन्दा बढी मन्थली नगरपालिकाको रहेका छन । मन्थली नगरपालिका वडा नम्बर १ का ४९ , ४६,१९,३२,२४,२४ र ५८ वर्षका प्ुरुष छन भने ४५,३९,२६,१३,३५,२४,३६,१५,५४ र २८ वर्षका महिलाहरु रहेका छन ।

त्यसैगरी मन्थली नगरपालिकाको वडा नम्बर ८ का ७१ वर्षका पुरुष र लिखुतामाकाशी गाउँपालिका वडा नम्बर ६ का ३९ वर्षका पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछाप जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । रामेछाप स्थायी घर भएका तर जिल्ला बाहिर पिसिआर परीक्षण गराएका थप ३ जनामा पनि संक्रमण दखिएको छ । लिखु तामाकोशीका वर्ष ३६ र ४२ का महिला र सुनापति बेथानका वर्ष ३३ का एक पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । केहि दिनअघि उनिहरुको स्वाब पिसिआर परीक्षणका लागी पठाइएको थियो । उनिहरुमा आज कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार