दैनिक तिव्र रुपमा कोरोना संक्रमित बढ्दै गएको रामेछाप जिल्लामा केही दिनदेखी संक्रमित भन्दा कोरोनालाई जित्नेको संख्या बढ्दै छ । आज जिल्लाका ३३ जना कोरोना संक्रमित थपिदा ८५ जनाले कोरोनालाई जितेका छन । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ३८८ जना पुगेको छ ।
आज जिल्ला अस्पतालबाट दुई जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट दुई जना, रामेछाप नगरपालिकाबाट २३ जना, खाँडादेवी गाउँपालिकाबाट १२ जना, गोकुलगंगा गाउँपालिकाबाट दुई जना, दोरम्बा शैलुङ गाउँपालिकाबाट ४२ जना र लिखुतामाकोशी गाउँपालिकाबाट दुई जनाले कोरोनालाई जितेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
जिल्लामा आज ३३ जना कोरोना संक्रमित थपिएका छ्न । जिल्ला अस्पतालमा ६ जना, खाँडादेवी गाउँपालिकामा दुई जना, गोकुलगंगा गाउँपालिकामा ६ जना, लिखुतामाकोशी गाउँपालिकामा दुई जना र तामाकोशी अस्पतामा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ भने मन्थली नगरपालिकामा चार जना, रामेछाप नगरपालिकामा पाँच जना र उमाकुण्ड गाउँपालिकामा ७ जनामा पीसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ ।
यो सँगै कोरोनाको दोश्रो लहर अन्तर्गत जिल्लामा कोरोना संक्रमित हुनेको संख्या एक हजार ७ सय ८३ पुगेको छ । जिल्लामा कोरोनका सक्रिय सङ्क्रमितको सङ्ख्या ३७९ जना पुगेको छ । १७ जनालाइ भने जिल्लामा उपचार सम्भव नभएर अन्यत्र रिफर गरिएको छ । जिल्लामा कोरोना संक्रमण भएर १६ जनाले ज्यान गुमाएका छ्न । अझै जिल्लाका ११९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ ।