रामेछाप सहित देशका विभिन्न स्थानमा आज बिहानैदेखि वर्षा भइरहेको छ। जलतथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहानदेखि नै काठमाडौं उपत्यका सहित देशकाअधिकांश भागमा पानी परिरहेको छ । वर्षा गराउने मौसम प्रणाली दक्षिण भारतबाट प्रदेश २ हुँदै प्रवेश गरेको र प्रदेश २ मा वर्षा गराई अहिले यो प्रणाली क्रमशःबागमती, गण्डकी हुँदै अबप्रदेश १ तिर सर्ने क्रममारहेको छ ।महाशाखाले आजदिनभर देशैभर मौसम खुल्ने सम्भावनानरहेको पनिजनाएको छ।प्रिमनसुन भएकाले हावाहुरी र चट्याङको सम्भावनारहेको भन्दै महाशाखाले सतर्क रहनपनिआग्रह गरेको छ । केहीदिनयता ठूलो वर्षा नभएपनिपानी परिरहेकाले वायु प्रदूषणको मात्रा केहीकमभएको महाशाखाले जनाएको छ ।