संसद भवनमा – कविता

संसद भवनमा – कविता

संसद भवनमा
खास कुरा केही छैन

दुर्योधनको जस्तो मथिङ्गल
सुन्दर फूलहरुको बगैँचामाथि
सुकिला मुकिला देखिने कुरुप पदचाप
आधी आकाश जस्तो
छोपिराखेको छ उज्यालो दिन नसक्ने
पूँजीबादीहरुको कैद भित्र
माथिमाथि उभ्याइएको घर

कस्तो अश्लीलता हो
शिवरात्रीमा पशुपतितिर
नाङ्गा बाबाहरुको नग्नताभन्दा बढी
प्रधानमन्त्रीको देशवासीको नाममा सम्बोधन,
ब्यङ्ग्यात्मक प्रस्तुतिको प्रहसन जस्तो
हे,संसद महोदय सोध्न मन लागेको छ
तपाईंको यो मधुर हँसाइ
गाम्भीर्यता हो कि अश्लीलतारु

सुदुर वस्तीका दुखद् कथाहरु
कसले गर्यो सम्बोधनरु
कसले गर्यो पहाडका ओसिला
पीडा माथिको बिज्ञापनरु
हिमाल जस्तो अग्लिएको
हिमालका चिसा दर्दहरुमाथि,
तराई जस्तो गहिरिएको
तराईका शीतलहरु माथि,
सघन भएर दुख्यो कि दुखेनरु
तपाईंको सम्बोधनमा
मुखरित भयो कि भएनरु
मधुर मुस्कानसहित
प्रखर वाणीमा उपस्थित
हे,मन्त्री महोदय,
सोध्न मन लागेको छ
यो तपाईंको अश्लीलता होकि
कामुकता मात्रै रु

संसद भवनमा
खास कुरा केही छैन

एकसे एक बाँसुरी फुक्ने
निरोहरु मात्र छन्।

कवि : नवीन गाउँले  

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार