माघ मसान्तसम्म लागु हुने गरी कोरोनाको तेस्रो लहर रोकथाम नियन्त्रणका लागि आदेश जारी

माघ मसान्तसम्म लागु हुने गरी कोरोनाको तेस्रो लहर रोकथाम नियन्त्रणका लागि आदेश जारी

सरकारले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि माघ मसान्तसम्म लागू हुने गरी आदेश जारी गरेको छ । सिंहदरबारमा हिजो बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन नदिन एक महिने आदेश जारी गरेको हो ।

एकजना मन्त्रीले जानकारी दिए अनुसार, आदेशमा यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट सिफारिस भएका विषयहरु नै समेटिएका छन् ।आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने, आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने, सपिङ मल, डिपार्टमेण्ट स्टोरहरूमा एक पटकमा २५ जनाभन्दा बढी मान्छेहरूको भीड नहुने गरी सञ्चालन गर्नुपर्ने तथा स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्नेलगायत विषय समेटिएका छन् ।

मन्त्रिपरिषद् बैठकले पूर्वनिर्धारित विश्वविद्यालय र जनशक्ति भर्नासम्बन्धी परीक्षाहरू स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने, तर नियमित पठनपाठनलाई भने भर्चुअल माध्यमबाट सञ्चालनका लागि प्रोत्साहित गर्ने निर्णय गरेको छ ।त्यस्तै, खोप अभियानलाई प्रभावकारीरुपमा र प्राथमिकताका साथ सञ्चालन गर्ने निर्णय गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार