नवौं म्युजिक खबर म्युजिक अवार्ड चर्चित गायिका पुर्णिमा लामालाई

नवौं म्युजिक खबर म्युजिक अवार्ड चर्चित गायिका पुर्णिमा लामालाई

बिगत दश वर्ष देखि निरन्तर हुँदै आई रहेको म्युजिक खबर अवार्ड चर्चित गायिका पुर्णिमा लामाले हात पार्नुभएको छ । हालै सम्पन्न नवौं म्युजिक खबर अवार्ड २०७८ बाट चर्चित गायिका लामा सम्मानीत हुनुभएको हो ।

सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गायिकाको रुपमा उहाँले अवार्ड चुम्न सफल हुनुभएको हो । “ एक पल्ट भनन” भन्ने गितबाट गायिका लामाले अवार्ड हात पार्न सफल हुनुभएको छ ।

चर्चित गायिका पुर्णिमा लामा र बिशाल निरौलाको आवाजमा रहेको उक्त गीत बिशाल निरौलाको युटुब च्यानल बाट सार्वजानिक गरिएको थियो ।

उक्त गितको शब्द संगीत खेम सारु मगरको रहेको थियो । चर्चित गायिका पुर्णिमा लामा सँग अन्य चर्चित गायिकाहरु देविका बन्दना, निशा देशार, रिता के सी र बानिका प्रधान पनि प्रतिस्पर्धामा रहेका थिए । म्युजिक खबर अवार्ड बिभिन्न ४२ बिधामा वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार