शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

शुद्वोधन गाउपालिकामा सामाजीक परिक्षण सम्पन्न ,जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा सुविधामा सहज

स्वास्थ्यसमाचार
रुपन्देही शुद्धोधन गाउपालिकामा स्वास्थ्यको अबस्था उपचार पहुच स्वास्थ्यकर्मिवाट दिईने सेवा सहज भएको स्थानियहरुले बताएका छन ।उनीहरुले स्वास्थ्य क्षेत्रलाई स्थानिय तहमा हस्तान्तन्ण गरेपछि स्वास्थ्यक्षेत्रमा औषधी उपकरण सेवा सहज भएको बताएका छन ।स्वास्थ्य संस्थाको सेवा सुबिधा र गुणस्तर समन्धमा समाजीक परिक्षण तथा आम भेलामा वोल्दै स्थानिय सेवा ग्राहीहरुले सहज सेवा सुबिधा पाएको बताए ।
शुद्वोधन गाउंपालिकाको चारवटा स्वास्थ्य चौकीमा गरिएको भेलामा जनप्रतिनिधि स्थानिय सरोकार पत्रकार लगायको उपस्थितमा गरिएको भेलामा भएको सेवालाई अझै बिस्तार गर्दे थप सुबिधि ल्याउन जनप्रतिनिधिहरुसंग माग गरे । स्थानीय तहमा जनप्रतिनिधि आएपछि स्वास्थ्य सेवा राम्रोसंग पाइएको र औषधीसमेत पाइएको मानपकडीकी इन्द्रामायां चौधरीले वताईन। उनले जनस्वास्थ्यबाट भन्दा स्थानियबाट राम्रो सेवा पाईएको बताईन ।
शुद्वोधन गाउंपालिका वडा नं ४का वडाध्यक्ष राजेन्द्र कडेलले स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रारम्भ गरिएको बताए। उनले भने मोतिपुर प्राथामिक स्वास्थ्य केन्द्रमा सबै सुबिधा सम्पन्न छन तर सेवा भएअनुसार सेवाग्राहीले उपचार नलिएको बताए ।

उनले सबै सेवा भएपनि प्रचार अभाबका कारण सेवालिने नबढेको बताए ।शुद्धोधन गाउपालिका बडा नं ५का वडा अध्यक्ष पुन्यराम गौतमले आफुहरुले स्वास्थ्य संस्थालाई बजेट कर्मचारी औषधी कुनैपनि अभाब हुन नदिएको बताए । स्वास्थ्यकर्मिको माग अनुसार हामीले सबै उपलब्ध गराएका छौ । अहिले कुनै समस्या नभएको बताउदै समस्या भए तत्काल सम्बोधन गर्ने बताए । मानपकडी स्वास्थ्य चौकीमा भएका सेवा बारेअझै जनतामा नपुगेको बताउदै आबश्यक प्रचार प्रसार का लागी सबै लाग्नु पर्ने बताए ।


वडा नं २का बडा अध्यक्ष तथा खडवाबनगाई स्वास्थ्य चौकी ब्यबस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बस्यालले स्वास्थ्यकर्मीबाट सेवाग्राहीलाई सेवा को पहुच कसरि बढाउने तर्फ ध्यान दिनु पर्ने बताए । उनले स्वास्थ्य संस्थामा नभएका उपकरण औषधी आबश्यक स्वास्थ्यकर्मि केही अभाब भए तत्काल सम्बोधन गर्नेबताए । स्वास्थ्य चौकीमा भएको सेवा बारे प्रचार अभाब भएको ले ठाउ ठाउमा तत्काल होडीङवोड राख्ने बताए । स्वास्थ्यमा अरु भन्दा बढी प्राथामिकता दिएको बताउदै वडा नं २ लाई नमुना बनाउने बताए ।

उनले खोपकिल्नीक केहीलाई पाएक नपरेको भए पाएक पर्ने ठाउमा राख्ने नभएका ठाउमा बिस्तार गर्ने वारे स्थानियहरुलाई जानकारी गराए । उनले स्वास्थ्य संस्थामा नभएका उपकरण औषधी आबश्यक स्वास्थ्यकर्मि केही अभाब भए तत्काल सम्बोधन गर्ने बताए ।


मानमटरीया स्वास्थ्य चौकीका ब्यबस्थापन समितिका अध्यक्ष तथा बडा नं ६का वडा अध्यक्ष जयशंकर पाठक मानमटेरीया स्वास्थ्य चौकीमा ल्याब यहिबर्ष संञ्चालन गर्ने आबश्यक उपकरण उपलब्ध गराउने भबन पुरानो भएकोले ठाउको खोजीमा रहेको र आबश्यक ठाउ भए भबन बनाउने बताए ।स्वास्थ्य चौकिमा आबश्यक औषधी उपकरण लगायका बिषयमा गाउापालिकाबाट आबश्यक बजेट बिनियोजन गरेको बताए । स्थानियले माग गरेका सेवा बारे बिस्तारै सम्बोधन गर्ने बताए ।

शुद्धोधन गाउंपालिकाका स्वास्थ्य संयोजक नन्दराम पौडेलले स्वास्थ्य संस्थाको अबस्था दिईने सेवा बारे जानकारी गराएका थिए ।अहिले साना तिना रोगको उपचार गाउंघरमै पाइएको र औषधी पनि पाउंदा सर्वसाधारण जनातलाई धेरै राहात मिलेको उनको भनाइ छ । गाउंपालिकाका स्वास्थ्य सहसंयोजक पे्रमनारायण सुवेदीले वृद्ववृद्वका लागि घरघरमै गएर स्वास्थ्य उपचार गरिएको र महिला र वालवालिकालाई स्वास्थ्य चौकीहरुबाट सक्दो उपचार गरी औषधी दिइएको बताए ।


कार्यक्रममा मानपकडि स्वास्थ्य चौकीका ईन्र्चाज रमेश रिजाल,खबनगाई स्वास्थ्यचौकीका प्रमुख कबिराज गौतम मनमटेरीया स्वास्थ्यचौकीमा सोमनाथ यादबले हेल्थपोष्टको बारेमा जानकारी गराएका थिए। उनले सेवाका कुनैकमी नभएको वताए।

मोतिपुर प्राथमिक स्वास्थ्य चौकीका डाक्टर सुस्मित शर्माले ठूलाठूला रोगबाहेक सबै रोगको उपचार गर्ने गरिएको वताए ।पहिला भन्दा अहिले स्वास्थ्य सेवा सुविधा पाइएपनि डेलिभरीको सुविधा अझै भरपर्दो नभएकाले भरपर्दौ सेवा दिनका लागि सोही क्षेत्रका विशेषज्ञ डाक्टरहरुबाट सेवा उपलब्ध गराउन स्थानीय महिलाहरुको माग छ । लुम्बिनी ग्रामिण बिकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य स्थानिय सरोकार स्वयसेबिका पत्रकार लगायले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार