लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान मनाईरहँदा रामेछापमा कठायत परिवारको बुहारीको विचल्ली

लैङ्गिक हिसा बिरुद्धको १६ दिने अभियान मनाईरहँदा रामेछापमा कठायत परिवारको बुहारीको विचल्ली

विहिबारबाट देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आरम्भ भएको छ । “घरैबाट सुरु गरौ,महिला हिंंसा अन्त्य गरौ ” भन्ने मुल नारासहित दिबस मनाई रहदा रामेछाप सदरमुकाम मन्थली बजारसंगै रहेको एक प्रतिष्ठित परिवारमा एक नारीको विचल्ली भएको छ ।

गरिबी र जातियताका आधारमा परिवारको सदस्यहरुबाट अपमानीत हुनु पर्दा २७ वर्षिय विनु कठायत यादबको बिचिल्ली भएको हो ।
ब्यापार क्षेत्रमा राम्रो पहँुच रहेको बिनुको परिवार मन्थलीको प्रतिष्ठित र घरानिय परिवार पनि हो । उनको परिवारमा ससुरा बिमल कठायत रामेछाप नगरपालीका वडा नं १ का वडा सदस्य समेत हुन् भने काका ससुरा पवन कठायत रामेछाप उद्योग वाणिज्य संघ रामेछापका कोषाध्यक्ष पनि हुन् । कठायत परिवारको मन्थलीमा चलेको पसल र होटल पनि छ । बुढा ससुरा जय बहादुर कठायत भुतपुर्व सैनिक संघ रामेछापका अध्यक्ष पनि हुन् । धार्मिक हिसाबले कठायत परिवार प्रणामि परिवार पनि हो ।

सोलुखुम्बु माईति भएकी बिनु कठायत यादबका बाबु परलोक भई सकेको र आमा दिर्घरोगि भएकोले उनका सहयोगि र आफन्त पनि कोहि छैनन् । यादब थर जोडिएको र पारिवारीक विपन्नताका कारण उक्त परिवारले आफुृमाथि अपमान जनक र अमानविय ब्यवहार गर्दे. आएको गुनासो उनले गरेकि छिन् । ३ बर्ष अघि बुहारीको रुपमा भित्रिएको बताउने बिनुले भक्तपर ठिमीको घरमा लगेर प्रदिप कठायतले बिवाह गर्ने आश्वासनमा २ बर्ष सम्म पटक पटक आफु संग शारिरिक सम्बन्ध राखेको बताईन् ।

सोहि क्रममा आफु आमा बन्ने जनकारी आफुले प्रदिपलाई गराएको र भएपनि पछी बिभिन्न बहाना बनाएर छल्दै आएको बिनुको आरोप छ । परिक्षणको क्रममा पाठेघरको नलीमा बच्चा बसेको भन्दै चिक्त्सिकले अप्रेसन गर्न सुझाए । त्यतिबेला पनि प्रदिपले वास्ता नगरेपछी आमाले खर्च जुटाएर अप्रेशन गरेको बताइन् । तर पाठेघरको नलीमा बच्चा बसेको कारण पाठेघरको नली समेत काटेर फाल्न परेको उनको भनाइ छ ।

अप्रेशन पछी सम्पर्कमा आएका प्रदिपले अस्पतालबाट होटलमा लगेर आफुलाई राखेको र होटलमा लगेर राखेको चौथो दिन जवरजस्ती गर्न खोजे पछी अप्रेशन गरेको टाँका उकिएपछि भने प्रदिपले आफुलाई अस्पताल लगेर लडेका कारण उक्त टाँका उक्एिको भन्न लगाएको उनले बताईन । जुन बेला सम्म आफुलाई प्रदिप माथी पुर्ण विश्वास रहेको उनको भनाई छ । अस्पतालबाट जडिबुटिको एक होटलमा छाडेर प्रदिप सम्पर्कमा नआएपछी मात्र उसले आफु माथि षडयन्त्र गरेको भन्ने चाल पाएको पनि विनुले बताइन् ।

प्रदिपले आफुलाई छाडेको भन्ने पक्का भएपछि विनुले माइती पक्ष संग समस्या भएको जानकारी गराएपछी माइती पक्षको सल्लाहमा प्रहरी चौकी कालमिटीमा जवरजस्ती करणी गरेको भन्दै आफुले किटानी जारी गरेको बताइन् । किटानी जारी दिएको केहि दिन पछी तत्कालिन प्रहरी ईन्सपेक्टर सुरज कार्की र उनका भाई सुरेन्द्र कार्किले मुद्धा फिर्ता लिन भन्दै धम्किी दिएको आरोप पनि उनले लगाईन ् उनले भनिन् उनिहरु दुबै प्रदिपको मामा रहेछन् ।

आफुले मुद्धा फिर्ता नलिने अडान राखेको र आफुले काम गरेको कार्यालयमा आउने होटल तथा क्याफेमा बोलाउने डर देखाउने ,धम्की दिने गरेको आरोप पनि विनुले लगाइन् । त्यसैगरि काका ससुरा पवन कठायत र मामा ससुरा एवं इन्सपेक्टर सुरज कार्कीले बारम्बार भेट्ने उपचार खर्च दिने र अरु केहि पैसा दिने भन्दै मुद्धा फिर्ता लिन दवाब दिएको पनि उनले बताइन् ।

इन्सपेक्टर सुरज काकी बिहानको समयमा आफु बस्ने घरमा सादा पोसाकमा आएर पेस्तोल देखाउदै नमानेमा भाइलाई गाँजा केशमा फसाइदिने र बहिनी कलेज बाट घर नर्फकने धम्कि दिएको आरोप पनि पत्रकारहरु माझ लगाइन । बिबाह गराउने सर्तमा भाइबहिनी कोही पनी सुरक्षित नहुने भएपछी आफुले मुद्धा फिर्ता लिएको उनको दावि छ ।

केहि समय पछी बिबाह गर्ने भनेर ठिमीमा रहेको घरमा ल्याएर बुहारीको रुपमा राखेको भए पनि १ बर्ष वित्दा समेत बिबाह गर्ने कुरा नगरेपछी आफुले त्यसबारेमा कुरा गर्दा आफन्त बितेको छ भन्दै छल्ने गरेको पनि उनले बताइन । विवाह गरेको धरै समय घर बस्दा समेत बिबाह दर्ता नगरे पछि घटनालाई आफुले बाहिर ल्याउने अडान लिएपछि मात्र बिबाह दर्ता गराई दिएको पनि विनुले बताइन् ।

यो विचमा मलाई श्रीमान संग छुटाएर परिवारले ट्राफिक चोकमा रहेको आफनै होटलमा भाँडा मझाएर काम गर्नै बैनि सँगै राख्यो र ब्यवहार पनि त्यस्तै गर्यो । जुन बेला मैले मेरा काका ससुरा पवन कठाएतबाट अपमानित मात्र नभएर यौन हिंसाको समेत सिकार हुनु परयो । पारिवारीक मिलेमतोमा स्थानिय चिकित्सक केशब धामि समेतको सहयोगमा मलाई मानसिक रोगिको विल्ला भिराउने सम्मको काम भएको पनि उनले आरोप लगाईन् । उनले मलाई मेरो परिबारका सदस्यहरुले गरेका अपमान र अमानविय घटना दर्जन भन्दा बढि रहेको र जसलाई आफुले प्रमाणका रुपमा देखाउन सक्ने ठोकुवा समेत गरिन् ।

यस अघि पनि विभिन्न संचारमाध्यम र सामाजिक संजालहरुमा समेत उनका अबस्थाका बारेमा सार्बजनिक भई सकेको छ । उनले परिवार बाट पाएको पटक पटकको यातनाका बारेमा बृद्ध बुढा ससुरा देखि आफनो ससुरा र काका ससुरा समेत मुख्य दोषि रहेको पनि आरोप लगाएकि छिन् । उनले आफु माथि भएको अन्यायका बारेमा स्थानिय सरकार र प्रशासन समक्ष पनि हार गुहार गरि सकेकि छिन् ।

मुद्धा अदालत सम्म पुगेको हुँदा आफुहरुले यस बारेमा बोल्न नमिल्ने र आफुहरुको रोहबरमा कसैले पनि उनको अपमान नगरेको भन्दै रामेछापका प्रहरी प्रमुख नबराज ढुँगाना पन्छिए ।
तर बिनु भने दुईपक्ष विच छलफल गराउने नाममा प्रहरीको रोहबरमा आफना मामा ससुरा सुरेन्द्र कार्कि र उनको समुहले गाली गलोज र अपमान गर्दा ईन्सपेक्टर उल्टै हासेर बसेको गुनासो पनि उनले गरिन् ।

उता उनका काका ससुरा पवन कठायतले विनुले लगाएको आरोपमा कुनै सत्यता नरहेको दावि गरे । उनले भने हामिले बुहारीको रुपमा स्वीकारेर घरमा राखेको मानिसबाट यो किसिमको हर्कत होला भनेर कल्पना सम्म गरेका थिएनौ । हामि आफनो ब्यवसाय गरेर बसेको धार्मिक परिवारलाई लगाएको यो खालको आरोपले उल्टै हाम्रो परिबारको बद्नाम भएको भन्दै,विनु नियतनै खराब रहेको महिला भएको ठोकुवा गरे ।

अर्का आरोपित मामा ससुरा भनिएका सुरेन्द्र कार्किले पनि विनुको सबै जसो आरोप पुर्वाग्रहि भएको बताए । उनले लगाएका कुनै पनि आरोपमा आफुहरु जोडिनै नसक्ने र उनको आरोपमा बद्लाको भाब मात्र रहेको पनि उनले प्रष्ट्याए । त्यस्तो खराब सोच र चिन्तन भएको मान्छेले लगाएको आरोपका कारण आफुहरुको उल्टै अपमान भएको छ कार्किले भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार