संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आले आज रामेछाप आउनुहुने भएको छ । आज रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ७ गाल्पा बजारमा हुने कार्यक्रमलाई सम्बोधन गर्न उहाँ रामेछाप आउन लाग्नुभएको नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य अरुण मगरले जानकारी दिनुभयो ।
उक्त दिन वडा नं ७ को वडा अधिवेशन तथा वृहत् साँस्कृतिक कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । उक्त कार्यक्रममा मन्त्री आले सहित नेकपा एसका केन्द्रीय पोलिटव्युरो सदस्य देवशंकर पौडेल,होम बुढाथोकी लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा राष्ट्रिय कलाकार सुबोध गौतम, विन्दा परियार लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताएको छ ।
मन्त्री आले आउने तय भएसँगै गाल्पा बजार क्षेत्र सिँगारिएको छ । मन्त्रीको स्वागतको लागि रामेछाप र सिन्धुलीको सीमाना खैरेनीघाटदेखि गाल्वासम्म ठाउँठाउँमा ब्यानर राखिएको छ ।