भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणनाको लागि सबै तयारीे पूरा

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणनाको लागि सबै तयारीे पूरा

भोलिदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ का लागि सबै तयारीे पूरा भएको छ । जनगणनाका लागि आवश्यक सामग्रीसहित गणकलाई जिल्ला खटाइसकिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार राष्ट्रिय जनगणनाको मुल गणनाका लागि ३९ हजार गणकलाई जिल्लामा खटाईएको छ । उहाँले भोली राष्ट्रपति विद्यादेवी भण्डारीबाट गणनाको फारम भरेर राष्ट्रिय जनगणना २०७८को सुरुवात गर्ने बताउनुभयो ।

राष्ट्रिय जनगणना भोलिदेखि मङ्सीर ९ गतेसम्म सञ्चालन हुनेछ । १० वर्षमा एक पटक सङ्कलन गरिने राष्ट्रिय जनगणनाका लागि घर आएका गणकलाई तथ्याङ्क उपलब्ध गराएर सहयोग गर्न विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार