शुद्दोधन गाउपालिकामा स्वास्थ्य स्वयमसेबिकालाई मासिक १२ सय सम्मान भत्ता

शुद्दोधन गाउपालिकामा स्वास्थ्य स्वयमसेबिकालाई मासिक १२ सय सम्मान भत्ता

स्वास्थ्यसमाचार
शुद्दोधन गाउपालिकाकालेआर्थिक वर्ष २०७६/०७७ को बजेट तथा कार्यक्रम सार्बजनिक गरेको छ।स्वास्थ शिक्षा ,कृषि ,पर्यटन र पुर्वाधार सुशासन ,समृद्धि शुद्दोधन गाउपालिकाको मूल आधार भन्ने नाराका साथ बजेट तथा कार्यक्रम सार्बजनिक गरेको हो।

शुद्दोधन गाउपालिका अध्यक्ष किसुन चन्द चौधरीले बजेट प्रस्तुत गर्दे स्वास्थलाई सशर्त र गाउँपालिका बाट अनुदान गरि ३ करोड ५६ लाख ५१ हजार बिनियोजन गरेका छन । उनले महिला स्वास्थ्य संयमसेबिकलाई मासिक सम्मान सरुप एक हजार भत्ता उपलब्ध गराउने ,गाउपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थामा ल्याब सेवा बिस्तार गर्ने, ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई घरमै निशुल्क स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम प्रस्तुत गरे ।

अध्यक्ष चौधरीले ४६ करोड ८९ लाख ८५ हजार रुपैया रहेको छ । जस अन्तरगत चालू खर्च २१ करोड ५७ लाख ६९ हजार चारसय र पुजिगत तथा कार्यक्रम संचालन खर्च रु २५ करोड ३२ लाख १६ हजार चार सय प्रस्तुत गरे ।

शुद्दोधन गाउपालिका उपाध्यक्ष शान्तादेवि ज्ञवालिको अध्यक्षतामा भएको कार्यक्रममा शुद्दोधन गाउपालिका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा नम्बर २ का अध्यक्ष विष्णुप्रसाद बस्याल वडा नम्बर ३ का अध्यक्ष हेम बहादुर खड्का वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कंडेल वाड नम्बर ६ का वडा अध्यक्ष जय शंकर पाठक लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार