चट्याङ लागेर रुपन्देही र दाङमा ६ जनाको मृत्यु

चट्याङ लागेर रुपन्देही र दाङमा ६ जनाको मृत्यु

स्वास्थ्यसमाचार
चट्याङ लागेर रुपन्देहीमा आज तीन जनाको मृत्यु भएको छ । साँझ घरखेतमा काम गरिरहेको बेला चट्याङ परेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा गैडहवा गाउँपालिका ७ का २५ वर्षीय भगवानदास लोध, कञ्चन गाउँपालिका–२ का ६० वर्षीय नन्दराम अर्याल र सैनामैना नगरपालिका–७ का ६२ वर्षीय चन्द्र बहादुर विक छन् ।

चट्याङ लागेर गम्भिर घाइते भएका एक जनाको मणिग्रामस्थित क्रिमशन अस्पतालमा र अन्य दुईजनाको बुटवलस्थित लुम्विनी प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले वताए । चट्याङ लागेर घाइते भएका सियारी गाउपालिका वडा नम्वर २ की १४ बर्षिय ममता साहनीको क्रिमशन अस्पतालमा र सियारी गाउपालिका वडा नम्वर ७ का ११ वर्षिय गौतम मल्लाह र १५ बर्षिय भोला मल्लाहको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

आजै साँझ साढे ६ बजेतिर परेको चट्याङ्ले दागंको राप्ती गाउँपालिका वडा नं ३ मौरीघाट निवासी ११ बर्षीय रमीत चौधरी, ११ बर्षकै बिनास चौधरी र १३ बर्षीय साजन चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार राप्ती ४ स्थित मौरीघाट माबि छेउमा रहेको जामुनाको रुपमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तिनै जना बालकको घटना स्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार