बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

बुटबल उपमहानगरमा उप-प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यक्रम संञ्चालन गरिने

स्वास्थ्यसमाचार
बुटबल उपमहानगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । उपमहानगरको सोमबार सुरु पाँचौं नगरसभामा आव २०७६÷०७७ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रमुख शिवराज सुवेदीले समृद्ध बुटवल र सुखी बुटवलबासीको योजना कार्यान्वयनको वर्ष सुरु भएको उल्लेख गरे ।

‘सबल आर्थिक केन्द्र समुन्नत बुटवल’ को दीर्घकालिन उद्देश्यका साथ आएको नीति तथा कार्यक्रममा स्वास्थ्य पूर्वाधार तथा पर्यटन, कृषि उद्योग–व्यापारका थप सम्भावनाहरुको विकासलाई प्राथमिकतामा राखिएको छ । नीति कार्यान्वयन गर्न आवश्यक पर्ने कार्यविधिहरु आ.व. २०७६÷०७७ को भाद्र महिना भित्रै स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ ।

नगर प्रमुख शिवराज सुवेदी द्धारा प्रस्तुत गरिएको निति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथामिकतामा राखिएको छ ।पूर्ण खोप सुनिश्चितताको निरन्तरताका लागि खोप सम्बन्धी कार्यव्रmमलाई प्रभावकारी बनाउँदै लगिनेछ । शहरी स्वास्थ्य केन्द्र तथा शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको अवस्थिति, सेवा प्रवाह र संरचनामा समयानुकूल पुनरावलोकन गरी स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।

सबै वडाहरुमा निःशुल्क आधारभूत स्वास्थ्य सेवाको सहज पहूँच हुने गरी सेवा विस्तारमा जोड दिइनेछ।गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ एवं प्रभावकारी रुपमा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्दै करार सेवामा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधामा एकरुपता कायम गर्दै समयानुकूल सुधार गरिनेछ ।

ज्येष्ठ नागरिकको स्वास्थ्य प्रबद्र्धनको लागि नगर प्रमुख ज्येष्ठ नागरिक घरदैलो स्वास्थ्य कार्यव्रmमलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ ।पोषणयुक्त खानाको बारेमा सचेतना फैलाउँदै पोषण शिक्षा कार्यव्रmमलाई प्रभावकारी र नतिजामुखी बनाउनुको साथै कुपोषण भएका बालबालिकाहरुलाई उचित उपचार तथा पोषणको प्रबन्ध मिलाउन पहल गरिनेछ ।

स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्रको भौतिक स्तरोन्नति, न्यूनतम औषधि तथा औजार, उपकरणको उपलब्धतामा बृद्धि गर्दै लैजानुको साथै औषधि भण्डारण र ढुवानीलाई थप प्रभावकारी बनाइनेछ ।स्वास्थ्य कार्यव्रmममा सरकारी, गैरसरकारी, सहकारी र निजी क्षेत्रसँगको सहयोग, समन्वय र सहभागितालाई जोड दिइनेछ ।

स्वास्थ्य सेवा प्रदायक निजी स्वास्थ्य संस्थालाई व्यावसायिक एवं जवाफदेही बनाई पेशागत स्तरीयता कायम गराउन र सेवाको गुणस्तर सुनिश्चित गर्न पहल गरिनेछ ।मातृशिशु स्वास्थ्य कार्यव्रmमलाई थप प्रभावकारी र नतिजामुखी बनाउनको लागि उप¬–प्रमुख सुरक्षित मातृत्व प्रबद्र्धन कार्यव्रmमलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ ।

सर्ने तथा नसर्ने रोगको प्रकोप न्यूनीकरण र नियन्त्रणका लागि विभिन्न स्वास्थ्य प्रबद्र्धनात्मक कार्यव्रmममा जोड दिदै लगिनेछ । विद्यालय स्वास्थ्य कार्यव्रmमलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा संचालन गर्दै लगिनेछ । यस आर्थिक वर्षमा सबै संस्थागत विद्यालयहरुले एकजना स्वास्थ्यकर्मीको व्यवस्था गर्नको लागि पहल गरिने छ ।

सामुदायिक विद्यालयका हकमा वडाहरुमा स्थापना भएका शहरी स्वास्थ्य केन्द्रहरु मार्फत विद्यालय स्वास्थ्य कार्यव्रmम सञ्चालन गरिनेछ ।महामारीको पूर्व तयारी, रोकथाम तथा व्यवस्थापनको लागि विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गरिनेछ ।
डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि वडास्तरीय खोज र नष्ट गर अभियानलाई सामाजिक परिचालनमार्फत् प्रभावकारी रुपमा संचालन गरिनेछ ।मेडिकलजन्य फोहोरको दीगो व्यवस्थापनको लागि सार्वजनिक निजी साझेदारी नीति अबलम्वन गरिनेछ ।

नगरपालिका अन्तर्गत संचालित सबै स्वास्थ्य संस्थाहरुमा परिवार नियोजनका पाँच वटै सेवा उपलब्ध गराउन आवश्यक पहल गरिनेछ ।प्रदेश सरकारसँगको समन्वयमा पिउने पानीको गुणस्तर परीक्षण, तरकारी र फलफूल लगायत खाद्यपदार्थमा प्रयोग हुने विषादिको नियन्त्रण तथा सूर्तीजन्य पदार्थको प्रयोगमा कानूनबमोजिम प्रभावकारी नियमनका लागि पहल गरिनेछ ।

उत्कृष्ट सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत गर्दै लगिनेछ । महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धि तथा प्रोत्साहनका कार्यव्रmमहरुलाई निरन्तरता दिइनेछ ।एचआइभी÷एड्स, क्षय÷कुष्ठ लगायतका राष्ट्रिय कार्यव्रmम तथा अभियानलाई थप प्रभावकारी रुपमा संचालन गरिनेछ ।लुम्बिनी बस टर्मिनलमा यात्रु स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरिनेछ प्रमुख सिबराज सुबेदी द्धारा प्रस्तुत निति तथा कार्यक्रम मा उललेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार