बडादसैँको अन्तिम दिन आज मान्यजनको हातमा टीका जमरा लगाउने क्रम जारी

बडादसैँको अन्तिम दिन आज मान्यजनको हातमा टीका जमरा लगाउने क्रम जारी

बडादसैँको अन्तिम दिन आज पनि मान्यजनको हातमा टीका, जमरा लगाउने क्रम जारी छ । आश्विन शुक्ल दशमीअर्थात विजयादशमीदेखि सुरु भएको यो क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

कोजाग्रत पूर्णिमाका अवसरमा आज बेलुकीसम्म नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । कोजाग्रत पूर्णिमा आज परेपनि पूर्णिमा व्रत एवं कार्तिक स्नान भने भोलिदेखि सुरु हुने समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले  जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार