धुर्काेट गाउपालिकाका सबै स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा सुरुहुने

धुर्काेट गाउपालिकाका सबै स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा सुरुहुने

स्वास्थ्यसमाचार
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकाले आर्थिक बर्ष २०७६-७७ कार्यक्रम पेश गरेको छ ।गाउँपालिका प्रमुख भुपाल पोखरेलले गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति जानकारी गराउदैँ आगामी बर्षका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।

निति तथा कार्यक्रम प्रस्तुत गर्दे अध्यक्ष पोखरेलले स्वास्थ्य क्षेत्रलाई प्राथामीकता दिएका छन । उनले धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने जैसीथोक, नयाँगाउँ, वस्तु र वाग्ला स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा ल्याउने गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

अन्य कार्यक्रमलाई पनि प्रथामिकतामा राखेका छन निति तथा कार्यक्रम मा गाउपालिका उपाध्यक्ष शिब केसी प्रमुख प्रशासकिय अधिकृत कासीराम पन्थी वडा अध्यक्षहरु लगायको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार