पाल्पामा डायलाईसिस सेवा सुरु हुदै

पाल्पामा डायलाईसिस सेवा सुरु हुदै

स्वास्थ्यसमाचार
गुल्मी जिल्लाका मृगौलाको बिरामीहरु डायलाईसिस सेवा लिन बुटवल, भैरहवा जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । विगत १ वर्ष अगाडी पाल्पामै डायलाइसिस सेवा सुरु गर्ने घोषडा गरेको बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले ठाउको अभावमा सेवा सुरु गर्न सकेको थिएन ।

त्यस क्षेत्रका मृगौलाका बिरामीहरुको समस्यालाई मध्यनजर गदै तान्सेन नगरपालिका वडा न. ५ बन्दीपोखरा स्थीत श्री लक्ष्मी माध्यमिक विद्यालयले आफनो बहुउद्देशीय भवन डायलाइसिस सेन्टर संचालनको लागी निःशुल्क रुपमा प्रयोग गर्न दिने निर्णय गरेपछि सेवा संचालन हुने भएको हो ।

डायलाईसिस सेन्टर संचालनको लागि  लक्ष्मी माध्यमिक विद्यालय र बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका विचमा बुधवार सम्झौता समेत गरिएको छ । सम्झौता पत्रमा श्री लक्ष्मी माध्यमिक विद्यालयका अध्यक्ष बिन्दु बहादुर रावल र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले हस्ताक्षर गरे । तान्सेन नगरपालिका वडा नंं ५ बन्दीपोखरामा रोटरी सामुदायिक डायलाइसिस सेन्टर, पाल्पाको नामबाट सञ्ंचालन गरिने छ ।

पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधी दुवै पक्षको सहमती र आवश्यकता अनुसार थपघट गर्न पनि सकिने लक्ष्मी माध्यमिक विद्यालयका अध्यक्ष बिन्दु बहादुर रावलले जानकारी दिए । अध्यक्ष रावलले १ वर्ष अगाडी संचालन भइसक्नु पर्ने डायलाइसिस सेवा अहिले सम्म ठाउको अभावमा संचालन नहुदा आफुहरुलाई दुख लाएको र पाल्पाका बिरामीहरुको समस्यालाई मध्यनजर गर्दै २०७६ जेष्ठ ३१ गते बसेको बिद्यालय व्यवस्थापन समितिको बैठकले ठाउ उपलब्ध गराउने निर्णय गरेको वताए ।

स्थानीयवासीहरुले अस्पतालको लागी चाहिने जग्गा देखी विभिन्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । विधालयका व्यबस्थापन समितीका अध्यक्ष रावलले सेवा मुखी भावना बाट संचालनमा आएको अस्पतालले चाहादा सम्म भवन तथा जग्गाको प्रयोग निशुल्क रहने बताए । भविष्यमा अस्पताल लाई चाहिने पुर्वाधार देखी जग्गा समेत स्थानीय बासिन्दा बाट सहयोग हुने उनले बताए ।

पाल्पा लगायत आसपासको क्षेत्रमा मृगौलाका विरामीहरुको संख्या उच्च रहेको र सरकारले निशुल्क उपलब्ध गराउंदै आएको डायलाईसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै पाल्पामा डायलाईसिस सेन्टर संचालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए । उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेशिन जडान गरी बिरामीहरुको डायलाईसिस सेवा शुरु गरिने र आवश्यकता अनुसार मेशिन थप गर्न सकिने छ । मेसिनहरु खरिद भइसकेको तर डायलाइसिस सेन्टर संचालनहुने भवन म्रमत संभार गर्नु पर्ने भएको हुदा २ महिना भित्र उक्त म्रमत कार्य सम्पन्न गरी सेवा प्रदान गर्ने लक्ष्य रहेको अध्यक्ष आलमले बताए ।

हस्ताक्षर कार्यक्रममा तान्सेन नगर पालिका वडा नं.५ का वडा अध्यक्ष राम बहादुर रावलले डायलाइसिस सेन्टर संचालनको लागी यो स्थान छनौट गरेकोमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई धन्यवाद दिए । वडा अध्यक्ष रावलले आफनो वडा मा डायलाइसिस सेन्टर संचालन हुन लाएकोमा खुसी व्यक्त गर्दै वडा वासी र नगरपालिकाको तर्फबाट पुर्ण सहयोग रहने प्रतिबध्ता व्यक्त गरे । कार्यक्रमा विद्यालयका पुर्व अध्यक्ष बुद्ध बहादुर रावल, विष्णु बहादुर विष्ट र शिक्षक अभिभावक संघका अध्यक्ष देव बहादुर गोदारले आफनो भनाई राखे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार