रामेछाप नगरपालिकाका २० जना महिलाले सिके गाडी चलाउन

रामेछाप नगरपालिकाका २० जना महिलाले सिके गाडी चलाउन

रामेछापको रामेछाप नगरपालिकाले महिलाको लागि निःशुल्क ड्राइभिङ तालिम दिएको छ । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउन नगरका २० जना महिलाहरुलाई १५ दिने ड्राइभिङ तालिम दिएर उनिहरु गाडी चलाउन सक्ने भएका छन ।

निःशुल्क गाडी चलाउन सिक्न पाएकामो असाध्यै खुशी लागेको भन्दै महिलाहरुले अब गाडी चलाउन लाईसेन्सको ट्रायल दिने बताएका छन । उनिहरुलाई ट्राफिक नियम लगायको सचेतना कक्षा पनि दिइएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त तालिममा सहभागीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा दिएको थियो ।

आज गाडी चलाउन सिकेका २० जनालाई प्रमाण पत्र प्रदान गरिएको प्रशिक्षक सागर बोहराले जानकारी दिनुभयो । १५ दिनसम्म सागर बोहराले २० जना महिलाहरुलाई गाडी चलाउन सिकाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार