अबको तीन दिन दिउँसो कम पानी पर्ने

अबको तीन दिन दिउँसो कम पानी पर्ने

अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसमविद्ले बताएका छन् । हिजोअस्ति देशभरी नै वर्षा गराएको प्रणाली कमजोर भएकाले अबको तीन दिन दिउँसो कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठले आज दिउँसो देशभर सामान्य बदली भइ केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो ।

यस्तै राति प्रदेश १ को एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुनमा दिउँसोभन्दा राति धेरै पानी पर्ने भएकाले एकदुई ठाउँमा ठूलो पानी पर्नसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार