रामेछापमा कोरोना संक्रमण बढ्यो,आज ६० जना संक्रमित थपिए

रामेछापमा कोरोना संक्रमण बढ्यो,आज ६० जना संक्रमित थपिए

रामेछापमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ । रामेछाप जिल्लामा आज ६० जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा ४ जना, तामाकोसी अस्पतालमा २ जना,खाँडादेवि गाउँपालिकामा ५ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना,दोरम्बा गाउँपालिकामा २ जना लिखु तामाकोशी गाउापालिकामा १ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

यस्तै आज मन्थली नगरपालिकाका २२ जना र रामेछाप नगरपालिकामा १६ जनामा पिसिआरबाट कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २७ सय ११ जना पुगेको छ ।

आज जिल्लामा १२ जनाले कोरोनालाई जितेका छन । रामेछाप नगरपालिकाबाट १० जना र मन्थली नगरपालिकाबाट २ जनाले कोरोना जितेका हुन । यो सँगै जिल्लामा २४ सय ४७ जना कोरोना संक्रमणपछि निको भएका छन ।

जिल्लामा अहिले २४२ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २२ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार