रामेछाप सुकाजोरका एक कोरोना संक्रमित महिलाको मृत्यु

रामेछाप सुकाजोरका एक कोरोना संक्रमित महिलाको मृत्यु

रामेछाप जिल्लामा आज एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरकी ५७ वर्षीया महिलाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो ।

केहि दिन अघि जिल्लाबाट थप उपचारको लागी काठमाडौ पठाइएको ति महिलाको उपचारको क्रममा आज मृत्यु भएको हो । यो सँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार