सैनामैना नगरपालिकाका ७१ स्वास्थ्य स्वंयसेविकालाई दोसल्ला ओढाएर सम्मान

सैनामैना नगरपालिकाका ७१ स्वास्थ्य स्वंयसेविकालाई दोसल्ला ओढाएर सम्मान

स्वास्थ्यसमाचार
सैनामैना नगरपालिकाले स्वास्थ्य स्वंयसेविकाहरुलाई सम्मान गरेको छ ।नगपालिकाले महिला स्वास्थ्य स्ंवयमसेविकाहरुलाई दिर्घकालिन सेवाको लागि सम्मान जनक बिदाई एवम् प्रोत्साहन कार्यक्रमको आयोजना गरी सैनामैना नगर प्रमुख चित्रबहादुर कार्की,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी,स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे लगायतले नगर भित्र रहेका ७१ जना स्ंवयसेविकाहरुलाई दोसल्ला ओढाएर सम्मान गरे ।

विगत २५ वर्षदेखी अनवरत रुपमा स्ंवयसेविकाको रुपमा कार्यरत उमेरको हदबन्दी पुगेर बिदाई हुनहुने ३ स्ंवयसेविकाहरुलाई पनि प्रोत्साहन स्वरुप नगद २० हजारका दरले सम्मान गरिएको छ । जसमा महिला स्वास्थ्य स्वंयसेविका वडा न९ बाट पवित्रा चापागाई,वडा नं ११ बाट चन्द्रकला ज्ञवाली र वडा नं ११ कै मौम्मिदेवि सापकोटा सम्मानित भएकी हुन। ।कार्यक्रममा लामो समय सम्म स्ंवयसेविकाको रुपमा कार्यरत मनकुमारी राईलाई समेत सम्मान गरिएको हो ।

त्यसैगरी यस वर्ष उत्कृष्ट कार्य गर्ने वडा नं ११ की रिता भुसाल,वडा नं ९ की मेनका आत्रेय र वडा नं १ कि गनिसरा चिदि मगरलाई नगद ५ हजारका दरले सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।त्यस्तै नयाँ ६ स्वंयसेविकाहरुलाई पनि खादा ओढाएर स्वागत गरिएको छ ।
स्वास्थ्य स्वंयसेविकाहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले महिला स्वास्थ्य स्ंवयसेविकाहरु गाउँ घरको सबैभन्दा पहिलो र नजिकको डाक्टर भएको वताए ।

कार्कीले कार्यको सम्मान र यथोचित मुल्याङ्न नभएको स्ंवयसेविकाहरुको गुनासो स्वभाविक र स्वीकार्य रहेको वताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका कार्कीले सुरक्षित मातृत्व,नवशिशु स्याहार,खोप कार्यक्रम संचालन, बाल तथा मातृमृत्युदर घटाउने लगायत विभिन्न स्वास्थ्यकाक्षेत्रमा महिला स्वास्थ्य स्वंमसेविकाको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै नगरले यस कार्यक्रमलाई निरन्तर दिने वताए । कार्यक्रममा स्ंवयसेविकाको तर्फबाट मनकुमारी राई,ईनु राना,सिता कुमारी उपाध्यय,चन्द्रकला ज्ञवाली लगायतले बोल्दै नगरले महिला स्ंवयसेविकालाई गरेको सम्मान प्रति खुसी व्यक्त गरे ।


साथै उनीहरुले राज्यले स्ंवयमसेविकाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो गर्दै नगरले प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए ।शहिद नारायण पोखरेल रामापुर क्याम्पसमा भएको कार्यक्रममा पर्रोहा हेल्थ पोस्टका डा.प्रकाश खरेल, केशवराज भण्डारी,सालझण्डी हेल्थपोष्टका जीवनारायण आचार्य,दुधराक्ष हेल्थ पोस्टका कल्पना भुसाल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीको अध्यक्षता तथा पर्रोहा हेल्थ पोस्टका अहेव पशुपति ज्ञवालीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार