नेपाल फेरी बढ्यो कोरोना संक्रमण,आज एकैदिन करिब ४ हजार संक्रमित थपिए

नेपाल फेरी बढ्यो कोरोना संक्रमण,आज एकैदिन करिब ४ हजार संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १२ हजार ६५५ पिसिआर परीक्षणमा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका १ हजार १ सय ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या ७ लाख ४२ हजार ८१७ पुगेको छ । त्यस्तै थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ७ सय ५८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

थप १ हजार ७ सय ७८ जना निको भएका छन् । हालसम्म नेपालमा ६ लाख ४७ हजार ७९ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २८ हजार ८३६ सक्रिय संक्रमित आइसोलेसन र ३५६ जना क्वारेन्टाइनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार