रामेछापमा आज १६ जना कोरोना संक्रमित थपिए,३४ जना निको

रामेछापमा आज १६ जना कोरोना संक्रमित थपिए,३४ जना निको

रामेछाप जिल्लामा आज १६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ५ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १ जना,गोकुलगंगा गाउँपालिकामा ३ जना र लिखु तामाकोशी गाउँपालिकामा ३ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।

यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ७५ जना पुगेको छ । आज जिल्लामा ३४ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्पतालबाट १ जना,मन्थली नगरपालिकाबाट २५ जना,रामेछाप नगरपालिकाबाट ५ जना, गोकुलगंगा गाउँपालिकाबाट २ जना र लिखु तामाकोशी गाउँपालिकाबाट १ जनाले कोरोना जितेका छन ।

यो सँगै जिल्लामा २३ सय ८५ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले १६९ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २१ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन मार्फत कोरोना परीक्षण गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार