रामेछाप विद्युत प्रधिकरण घेराउ

रामेछाप विद्युत प्रधिकरण घेराउ

विद्युत सेवा नियमित नभएपछि आईतबार रामेछापका उपभोक्ताले नेपाल विद्युत प्रधिकरणको रामेछाप वितरण केन्द्र घेराउ गरेका छन् । मन्थली र आसपासका उपभोक्ताले प्राधिकरणको कार्यालय घेराउ गरेका हुन् । बिहान ११ बजेको समयमा उपभोक्ताले कार्यालय घेराउ गरेका हुन् ।

बारम्बार ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर प्राधिकरणको वितरण केन्द्र घेराउ गर्नुपरेको स्थानीयले बताएका छन् । कोभिडको महामारीका समयमा प्राधिकरणका कर्मचारी मिटर रिडिङ गर्न नगएपनि उक्त अवधिको विद्युत महशुलमा जरिवाना लगाईएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले ढल्केबरको ट्रान्समिशनमा समस्या आएका कारण अहिले दोलखाबाट आउने लाइन जोडिएको र उक्त लाइनमा समस्या आईरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार