रामेछापमा आजदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईदै

रामेछापमा आजदेखी जोन्सन एण्ड जोन्सन खोप लगाईदै

रामेछापमा आजदेखी अमेरिकी कोरोना खोप जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । यो खोप एक डोज मात्र लगाए पुग्ने कोरोना विरुद्धको खोप हो । जिल्लामा प्राप्त खोप डोज संख्याको आधारमा कोभिड १९ विरुद्धको खोप जोन्सन एण्ड जोन्सन लगाउने जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।

जिल्लामा साउने १० गतेदेखि १५ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप लगाईदै छ । साउन १० र ११ गते लिखु तामाकोसी र खाँडादेवी गाउँपालिकामा,साउन १० देखी १३ गतेसम्म रामेछाप नगरपालिकामा,साउन ११ र १२ गते मन्थली नगरपालिकामा,साउन १३ गतेदेखी १५ गतेसम्म दोरम्बा गाउँपालिकामा खोप लगाईने छ ।

यसैगरी साउन १३ गते सुनापती गाउँपालिकामा,साउन १३ र १४ गते गोकुलगंगा गाउँपालिकामा र साउन १४ र १५ गते उमाकुण्ड गाउँपालिकामा जोन्सन एण्ड जोन्सन खोपको पहिलो मात्रा लगाईने स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिनुभयो ।

जोन्सन एण्ड जोन्सन खोप लगाउनका लागि ५० वर्षदेखि ५४ वर्ष उमेर समुहका कोभिड १९ विरुद्धका खोप लगाउन बाँकी सबै नागरिकहरुले नागरिकता, उमेर खुल्ने सरकारी कागजात वा उमेर खुल्ने वडाको सिफारिस साथमा लिएर खोप लगाउन जानुपर्ने छ ।

पुर्ण र अति अशक्त अपांगता भएका क, ख वर्गका व्यक्तिहरुले अपांगता परिचयपत्र लिएर जानुपर्ने भने स्वस्थ्य संस्थामा कार्यरत छुटफुट स्वस्थ्यकर्मी र सरसफाईकर्मीहरुले नाम विवरण सहितको पत्र तथा परिचयपत्र साथमा लिएर मात्रै खोप लगाउन आफु नजिको खोप केन्द्रमा जान स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार