अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको उहाँले जानकारी दिनुभयो । तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने
			

                                    
                                    
                                    
                                    
                                    
                                    