गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा

गुल्मीमा निःशुल्क सुगर परिक्षण, १ सय ९० जनाले लिए सेवा

स्वास्थ्यसमाचार

गुल्मीको रेसुङ्गा नगरपालिका सिमिचौरमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मेडिकल ल्यावोरेटोरी एशोसिएसन अफ नेपाल मेलान गुल्मीको १४ औ स्थापना दिवसको अवसरमा नि शुल्क सुगर परिक्षण गरिएको मेलान गुल्मी जिल्ला अध्यक्ष केपी भण्डारीले वताए ।

सुगर परिक्षणमा करीब दुई सुय जनाले सेवा लिएका थिए जसमध्ये ३४ जनामा सुगर भेटिएको अध्यक्ष केपी भण्डारीले  वताए । कार्यक्रममा वडाध्यक्ष पदम प्रसाद अर्यालको अध्यक्षता र मेलान जिल्ला अध्यक्ष केपी भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

सुगर परिक्षण गर्दा सुगर भेटिएका ३४ जनालाई जिल्ला अस्पत्ताल तम्घास रेफर गरिएको छ । संस्थाले गत बर्ष पनी स्थापना दिवसको अवसर पारेर गुल्मीकै मालिका गाउँपालिकामा निस्शुल्क सुगर परिक्षण शिविर चलाएको थियो । शिविरमा एक सय ५२ जनाले सेवा लिएका थिए जसमा २० जनामा सुगर भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार