रामेछाप सहित ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप

रामेछाप सहित ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप

रामेछाप सहित देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण खेत र बारीको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म खेतको मकैलाई क्षति पु¥याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

किरा फैलिएकोबारेमा विवरण संकलन भइरहेको र त्यसको व्यवस्थापनका लागि काम चलिरहेको केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो । नेपालमा फौजी किरा प्रवेश गरेको दुई वर्ष भइसकेको छ ।

फौजी किराका कारण हुने क्षति रोक्नका लागि तीन तहकै सरकार काम गरिरहेको उहाँको भनाइ छ । यता रामेछाप जिल्लाको बिभिन्न स्थानमा लगाइएको मकैको बिरुवा अमेरीकन फौजि किराले सखाप पारेको छ । बिरुवामा नै मकै फौजि किराको प्रकोप बाट सखाप भए संगै किसानहरु चिन्तित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार