काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको अस्ति बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने तर केही खुकुलो बनाउने निर्णय गरेको थियो । नयाँ निर्णयअनुसार यही १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागु गरिएको छ भने बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको छ ।

मोटरसाइकल, ट्याक्सी पनि जोर–बिजोरका आधारमा आजदेखि चलेका छन् भने सार्वजनिक सवारी साधन चल्न दिइएको छैन । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको निर्णयअनुसार आजदेखि आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न पाइनेछ ।

सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ भने खाद्यान्न, दूध, किताब पसल लगायतका बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ ।

निर्माण सामग्रीका पसलहरू भने बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने छ । शनिबार अत्यावश्यकबाहेक अरू पसलहरू बन्द गर्नु पर्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताउनुभयो । उहाँका अनुसार सरकारी कार्यालय भने आलो–पालो गरी खोल्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार