रोङ्सी नदीको बहाव सुचारु, तामाकोशी किनारका वासिन्दालाई राहत

रोङ्सी नदीको बहाव सुचारु, तामाकोशी किनारका वासिन्दालाई राहत

नेपाल–चिन सिमा क्षेत्रमा रहेको चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो जाँदा थुनिएको रोङसी नदीको प्रवाह बिस्तारै सुचारु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले गएराति सूचना जारी गरेर चीन तर्फबाट प्राप्त जानकारी अनुसार पहिरो आंशिक रुपमा हटाई नदीको प्रवाह सीमित मात्रामा सुचारु गरिएको जनाएको हो ।

यसले नेपालतर्फ तामाकोशी नदीको किनारमा बस्ने वासिन्दालाई राहत मिलेको छ । तर अझैपनि जोखिम पूर्णरुपले टरेको भने छैन । त्यसैले पूर्व सावधानी अपनाउन प्रशाशनले आग्रह गरेको छ । पछिल्लो सूचना अनुसार हाल नदी थुनेर बनेको जलायसबाट पहिरोलाई सीमित रुपमा कटान गरि पानीलाई बगाउन सुरु गरिएको छ ।

हाल उक्त जलासयमा अनुमानित एक लाख घनमिटर पानी जम्मा भएको हुनसक्ने बताईएको छ । नदीको थुनिंदा सीमावर्ती गाउँ र तामाकोशी नदीको तटीय क्षेत्रका सिन्धुली, दोलखा र रामेछाप जिल्लामा जोखिम बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार