एमबिबिएस अध्ययनरत खनाल कीर्तिपुरको जंगलमा मृत फेला

एमबिबिएस अध्ययनरत खनाल कीर्तिपुरको जंगलमा मृत फेला

स्वास्थ्यसमाचार – काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौँथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्।

खनाल गत जेठ १७ गतेदेखि हराएका थिए। उनको शव फेला पार्नुअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा मोटरसाइकल फेला पारेको थियो। अर्घाखाँची घर भएका खनाल पढाइमा अब्बल थिए। उनी काठमाडौं कोटेश्वर भाइसँग बस्दै आएका थिए।
मृत फेला परेका खनालको शव नजिकै विषादी र केही औषधि फेला परेको प्रहरीले जनाएको छ।

महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले घटनाका विषयमा थप अनुसन्धान भइरहेको बताए।
खनालको आमाबुबासहित परिवारका अन्य सदस्यको ०५८ सालमा सडक दुर्घटनामा ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार