महिला स्वास्थ्य स्वंयसेविकालाई एडभान्स तालिम दिएर गाउँ-गाउँ पठाउदै सामाजीक बिकास मन्त्रालय

महिला स्वास्थ्य स्वंयसेविकालाई एडभान्स तालिम दिएर गाउँ-गाउँ पठाउदै सामाजीक बिकास मन्त्रालय

स्वास्थ्य समाचार

रुपन्देही प्रदेश नं ५सामाजीक बिकास मन्त्रालयले महिला स्वास्थ्य स्वयसेबिकालाई एडभान्स तालिम दिएर गाउ गाउ पठाउने भएको छ । उनीहरुलाई तालिम दिएपछि स्वास्थ्यमा पहुच कम भएका ठाउमा पठाईने भएको छ ।

उनीहरुलाई कस्तो तालिम दिने कति समयको तालिम दिदा उर्पयुक्त हुन्छ भन्ने बिषयमा आज प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्य संस्था प्रमुख स्वास्थ्यसंस्थाका प्रतिनिधि तथा बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुबिच छलफल भएको छ।

छलफल कार्यक्रममा बोल्दै प्रदेश नं ५का सामाजीक बिकास मन्त्री सुर्दशन बरालले प्रदेश नं ५मा धेरै क्षेत्रमा स्वास्थ्यको ईन्डीकेटर कम देखीएकोले स्वास्थ्य स्वयम सेबिकासलाई एडभान्स तालिम दिन दिई स्वास्थ्यको पहुच कम भएका ठाउमा पठाउने बताए ।

महिला स्वाथ्यसवयम सेबिकालाई एडभान्स तालिम दिएर स्वास्थ्यप्रति सचेत बनाउनको लागी प्रदेश सरकार समाजीक बिकास मन्त्रालयले यो कार्यलाई सुरु गर्न थालेको मन्त्री बराल को भनाई छ।अति दुर्गम स्वास्थ्य को पहुचबाट टाढा भएका क्षेत्रमा एसिई पास भएका १५ देखी २० जना महिला स्वास्थ्यकर्मिलाई यस बर्ष तालिम दिएर उक्त ठाउमा पठाउने बताए ।

प्रदेश नं ५का १२ जिल्लामा मा १ जना बा २ जना जिल्ला अनुसार तालिम दिएर उनीहरुलाई पठाउने बताए । सिमीत श्रोत साधन बाट धेरै काम गर्नेपर्ने र सबै लाई सेवा पुराउने उदेस्यले यो प्रदेशसमा यो कार्यक्रम सुरु गरिएको बताए ।उनले यो कार्यबाट अरु प्रदेश ले पनि उदाहरण सिक्नु पर्ने तरिकाले यो काम सुरु गरिएको बताए ।

मन्त्री बरालले बजेट बिनियोज भएको लामो समय सम्म पनि स्वास्थ्य महाशाखले कामगर्न नसकेको प्रति असन्तुष्ट ब्यक्त गरे ।उनले भने हामी निति नियिम बनाउने बजेट ल्याउने हो कामगर्ने भनेको समन्धीत महाशाखाका कर्मचारीले हो । उनले भने । मन्त्री बरालले नेपालमा बिदेसबाट आएको सहयोग सम्म खर्च गर्ने नक्ने भएकोले बिदेसिले सहयोग रोक्दै आएको समेत बताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुबन कुबर ले कार्यक्रम माथि प्रकाश पारेका थिए ।छलफल कार्यक्रममा समाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयका निर्देशक दिनेश कुमार चापागाई जिल्ला स्वास्थ्य कार्यलय प्युठानका प्रमुख बिशाल सुबेदी युनिसेफ का प्रतिनिधि लगायको सहभागि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार