गरीब दुःखीका हिरो रामेछापका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्य

गरीब दुःखीका हिरो रामेछापका युवा समाजसेवी प्रदिप घिमिरे अमूल्य

सामाजिक क्षेत्रमा सक्रिय युवा समाजसेवी प्रदिप घिमिरे पछिल्लो समय चर्चाको शिखरमा छन् । उनी २०५९ सालदेखी नै विभिन्न समामाजिक कार्यमा समर्पित थिए । पछिल्लो समय भने जब कोभिड–१९ को संक्रमण बढेसँगै नेपाल सरकारले २०७६ चैत्र ११ बाट लकडाउन सुरु गरेको थियो । लकडाउन शुरु भएको केही दिनदेखी गरीब दुःखीलाई खाद्यान्न सामग्री सहयोग गर्दै आएका घिमिरे ७६ चैत्र २९देखी काठमाडौ उपत्यकामा दैनिक ज्याला मजदुरी गरी आफ्नो जीवन धान्दै आएकाहरु खान नपाएर सडक पेटीमा आएपछि सम्बन्थित सरोकारवाला निकायहरुसंग छलफल गरी साँझको तातो खाना खुवाउदै आएका छन् । उनले भोकालाई खाना र चुलो निभेकाहरुलार्ई राहत वितरण कार्य गर्दै आइरहेका छन् । दिर्घ रोगी, सुत्केरी, मुटु रोगी, मृगौंला रोगी, वृद्ध, अपांग र दृष्टिविहीनहरुलाई नि सहयोग गरेका छन् । घिमिरेले मानब मात्र नभएर बाँदर, कुकुर, परेवा, मृग र गाइको पनि सेवा गर्दै आएका छन् । घिमिरेले आजसम्म आइपुग्दा लाखौं व्यक्तिलाई भोजन सेवा गराएका छन् भने कयौंको उद्दार पनि गरेका छन् ।

रामेछाप जिल्ला, मन्थली नगरपालिका वडा नंं. ४ सालु स्थायी घर भएका घिमिरे यतिवेला गरीब र दिन दुःखीको ढुकढुकी बनेका छन् । घिमिरेको सत्कर्ममा मनकारी व्यक्ति तथा केही संस्थाले पनि साथ दिँदै आएका छन् । सेवा नै धर्म हो भनेर अगाडी बढेका प्रदिप घिमिरे पछिल्लो समय एकदम उचाइमा चुलिएका छन् । उनी दुःखी, गरीब र पिडीत मानिसहरुको आँखामा भगवान् बनेर बस्न सफल समेत भएका छन् ।

घिमिरे भन्छन् – मैले गरेको पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यष स्वदेश तथा विदेशदेखी साथ सहयोग, हौसला, प्रेरणा र शुआर्षिवाद प्रदान गर्नुहुने सहयोगी हातहरुको खाँचो छ । उनी भन्छन् सहयोगी हातहरुबाट सहयोग प्राप्त भए यो संकट नटरुञ्जेल खाना खुवाउँथे । सहयोगी हातहरुलाई उनले आफ्नो सम्पर्क नम्बर पनि खुल्ला गरेका छन् । घिमिरेको नं. ९८४११४१४६८ रहेको छ ।आझको मितिसम्म स्वदेश तथा विदेशदेखी सहयोग गर्नुहुने सम्पूर्ण मनकारी विद्वान् महानुभावप्रति शिर निहुराएर हार्दिक नमन गर्दछु ।

अन्तमाः भन्छन् –परोपकार पुण्यायः (सेवा नै धर्म हो) । सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणी पश्यन्तु, मा कश्चिद् दुख भागभवेत । (सबै सुखी हुन्, सबै रोग मुक्त रहुन, सबै मंगलमय घटनाका साक्षी बनुन र कोही पनि दुःखको भागी हुन नपरोस ।)                                 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार