रामेछापमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि

रामेछापमा सोमबार थप १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९९ जना पुगेको छ ।

सोमबार सुनापति गाउापालिकाका १० जना र जिल्ला अस्पतालमा गरिएको एन्टिजेन्ट परीक्षणमा दुईजना गरी १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

सोमबार थपिएका १० जनासहित २०७८ वैशाख ३ गतेपछि जिल्लामा कोरोना सङ्क्रमित हुनेको कुल सङ्ख्या १४१ जना पुगेको छ । यसमध्ये सोमबार सङ्क्रमणमुक्त भएका १३ जनासहित ४२ जना कोरोनामुक्त भएर डिस्चार्ज भैसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लाबाट कोरोना परीक्षणका लागि स्वाब पठाइएका अझै २०७ जनाको रिपोर्ट आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार