सामान्य बिरामी होम आईसोलेसनमै बसेको राम्रो

सामान्य बिरामी होम आईसोलेसनमै बसेको राम्रो

कोरोना भाइरस सङ्मितहरू सामान्य अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने र स्वास्थ्य अवस्था जटिल भएमात्र अस्पताल जानु उचित हुने चिकित्सकहरुको सुझाव छ ।

सङ्क्रमित होम आइसोलेसनमा सचेत भएर बस्दा तनावबाट केही हदसम्म भए पनि सहज हुने चिकित्सकहरूले बताएका छन् । अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श लिन तथा अस्पतालमा आउन पनि डा. प्रमोड पौडलले आग्रह गर्नुभयो ।

एकातिर अस्पतालमा शैया अभाव छ भने अर्का तिर धेरै बिरामीको अवस्था कठिन भएको देख्दा बिरामीको आत्मबलमा कमी आउनसक्ने भएकाले सामान्य अवस्थाका विरामीले अस्पाताल आउन नपर्ने उहाँले बताउनुभयो । तर नियमित चिकित्ससँग सम्पर्कमा रहँदा आत्मबल बढ्ने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार