नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ३७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको ज्यान गएको र अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या तीन हजार तीन सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै सात हजार चार सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार ६ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा सात हजार तीन सय ८८ र पाँच सय १८ जनाको एन्टिजेन परीक्षण गर्दा ६० जना गरी सात हजार चार सय ४८ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ । यस्तै दुई हजार २१ जना निको भएसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ८६ हजार १५ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । आज देशभर ५४ हजार ४१ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार