रामेछाप बाम्तीमा आगलागीमा परी दम्पतीको मृत्यु

रामेछाप बाम्तीमा आगलागीमा परी दम्पतीको मृत्यु

रामेछापको उमाकुण्ड गाउँपालिकामा आगलागी भएको छ । आगलागीमा परी एक दम्तीको जलेर ज्यान गएको छ । उमाकुण्ड गाउंपालिका वडा नं २ बाम्तीको लहरेटोलमा आज बिहान आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रबक्ता श्रीशङ्कर श्रेष्ठले दिनुभएको जानकारी अनुसार आगलागीमा परेर ७८ वर्षीय धनबहादुर कार्की र उनको श्रीमती ६८ वर्षीया सीता कार्कीको ज्यान गएको छ ।

मृतक कार्कीका छोराबुहारी र नातिनी भने अगोलागेको समयमा घरको ढोका फुटाएर हाम फालेर बाँच्न सफल भएका छन । प्रहरीका अनुसार विद्युत लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार