रामेछाप मन्थलीका बजार र गोकुलगंगाको ३ वटा वडामा निषेधाज्ञा जारी

रामेछाप मन्थलीका बजार र गोकुलगंगाको ३ वटा वडामा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा बैशाख २० गते राती १२ बजे देखी लागुहुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । विश्व ब्यापी महामारीको रूपमा फैलिरहेको नयाँ भेरियण्ट सहितको कोभिड–१९ को संकमण नेपालमा तिव्ररुपम फैलिएको भन्दै निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

जिल्ला स्तरीय कोभिङ्ग–१९ संकट ब्यवस्थापन केन्द्र रामेछापको आज बसेको बैठकले मन्थली नगरपालिकाको वडा नं. १ को मन्थली बजार, २ को करम्पोट,३ को ठूली मदौ ६ को कुनौरी र सेलेघाट, ७ को मुगिटार, ८ को गाइखुरा, १२ को देबिटार र १४ को फुलासी पोखरीका क्षेत्रहरुमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।

साथै गोकुलगंगा गाउँपालिकाको १,४ र ५, नम्बर वडालाई जोखिम युक्त क्षेत्र तोकी सो क्षेत्रमा बैशाख २० गते सोमबार राती १२ः०० बजेदेखि २७ गते राती १२ः०० बजेसम्मका लागी निषेधाज्ञा गरिएको छ । रामेछाप जिल्लामा ४३ जना कोरोना भाईरस (कोविड १९) का सकृय संक्रमित आईसोलेसनमा रहेका छन । जिल्लामा केहि दिनदेखी दैनिक कोरोना संक्रमितहरु बढ्दै गईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार