बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न सङ्कट, जनप्रतिनिधि चामल माग्दै काठमाडौँमा

बझाङको साइपाल गाउँपालिकामा खाद्यान्न सङ्कट, जनप्रतिनिधि चामल माग्दै काठमाडौँमा

बझाङको साइपाल गाउँपालकिामा खाद्यान्नको अभाव भएपछि जनप्रतिनिधिको एक टोली चामलको व्यवस्थापन गर्न काठमाडौँ आइपुगेको छ । गाउँपालिकाका उपाध्यक्ष कल्पनादेवी बोहराले बताए अनुसार त्यहाँ करिब ६ सय १० घरपरविार भोकमरीको समस्यामा छन् । उपाध्यक्ष कल्पनादेवी बोहरा, वडा १ का अध्यक्ष गोपाल बोहरा, २ का अध्यक्ष हरलिाल बोहरा, ३ का अध्यक्ष जगवीर बोहरा र ४ का जयसिंह रोकाया काठमाडौँ आउनुभएको छ । गहुँ, जौ, कोदो र मकै पनि खडेरीले नउम्रिएपछि समस्या भएको स्थानीय किसानको भनाइ छ । उपाध्यक्ष कल्पनादेवीले आफूहरूलाई बिभिन्न निकायबाट आश्वास मिलेको तर समस्या समाधान नहुँदासम्म काठमाडौँबाट नफर्किने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार