रामेछाप नगरपालिकामा एमालेको पार्टी कार्यालय उद्धघाटन

रामेछाप नगरपालिकामा एमालेको पार्टी कार्यालय उद्धघाटन

रामेछापको रामेछाप नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को रामेछाप नगर पार्टी कार्यालय उद्धघाटन गरिएको छ । रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा आजबाट पार्टी कार्यालय सन्चालनमा आएको हो । बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढंगेले रिबन काटेर पार्टी कार्यालयको उद्धघाटन गर्नुभयो । पार्टी कार्यालय उदघाटन कार्यक्रममा तत्कालिन एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल,रत्न गौतम,तुला प्रसाद कँडेल, लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । सर्वोच्च अदालतको फैसलापछि रामेछापमा विघटित नेकपा एमाले ब्युँतिएको छ । रामेछाप सदरमुकाम मन्थलीमा पनि आजै पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार